काठमाडौं । कोरोनाबाट कहिले मुक्ति मिल्ला ? आज विश्वभर मानिसहरुलाई यो सबालले हैरानी बनाएको छ । वैज्ञानिक तथा चिकित्सकहरु यसको समाधानको खोजीमा निरन्तर छन् । विश्वभरका देशहरु यसको नियन्त्रणमा हर प्रयास केन्द्रित गरेका छन् ।
यसबीच कोरोनाबारे भारतका चर्चित ज्योतिषहरुले केहि भविष्यवाणी गरेका छन् । ज्योतिषचार्यहरुले आगामी अप्रिल १४ देखि कोरोनाको प्रभाव कम हुँदै जाने बताएका छन् । तर उनिहरुले यसको प्रकोप आगामी सेक्टेम्बरसम्मै रहने पनि भविष्यवाणी गरेका छन् । ज्योतिषचार्यहरुले २०२० साल नै राहुको साल भएको कारण समस्या भईरहने पनि बताएका छन् ।
सय वर्षमा पहिलो पटक यस्तो बन्यो
चर्चित उज्जैनका पण्डीत आनन्द शंकर व्यासका अनुसार २०१९ डिसेम्बर २५ देखि २७ सम्म षडग्रही योग थियो । जुन समय कोरोनाको सुरुवात भयो । यसअघि सन् १९६२ फ्रेबुअरीमा अष्टग्रही योग बनेको थियो । २३ मार्च २०२०देखि मकरमा मंगल प्रवेश गर्यो जहाँ शनि र गुरु पहिलेदेखि नै थिए । यसबाट नै महामारी फैलियो । यसले अप्रिलको दोस्रो सातादेखि भीषण रुप देखाउनेछ । मईदेखि भने केहि राहत हुने पण्डीत व्यासको भनाईको छ ।
६ मईपछि ग्रहको परिवर्तन भएसँगै कोरोनाबाट मुक्ति मिल्ने सम्भावना
काशीका प्रोफेसर रामचन्द्र पाण्डेले भने आगामी १४ अप्रिलदेखि केहि राहतको अनुभूती गर्न सकिने बताएका छन् । उनले मेष संक्रान्तिको साथमा हुने हुनाले त्यसको प्रभावले केहि राहत हुने बताए ।
मेष संक्रान्तिको कुण्डलीले राम्रो समयको संकेत गरेको उनको भनाई छ । यदि सुर्य उच्च राशिमा आएको खण्डमा उसको प्रभाव देखिन थाल्नेछ । यो प्रभाव मकरमा गुरु, मंगल र शनिको संयोजनबाट देख्न सकिन्छ । प्रोफेसर पाण्डेका अनुसार ६ मईदेखि भने कोरोनाको आक्रामक स्वरुप क्षीण हुँदै जानेछ । तर यसको प्रभाव भने सेक्टेम्बरसम्मै बाँकी रहनेछ ।
ग्रहको योगका कारण स्थिति जटिल
प्रयागराजका प्रशान्त श्रीवास्तवले बताएअनुसार २०२० मा चार योग परेका छन् । जुन राहुको अंक पनि हो । त्यसैले नै उथल–पुथल अनिवार्य ल्याउनेछ । यसै ग्रहका कारण स्थिति बिग्रिएको हो । उनका अनुसार आउने समय अझ समस्याग्रस्त हुनेछ । भास्कर दैनिकबाट
प्रतिकृया लेख्नुहोस्: