काठमाडौँ । कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारीरहेसँगै बजारमा तरकारी, फलफूल तथा खाद्यान्नको समेत मूल्य वृद्धि हुन थालेको छ । व्यवसायीले तरकारी र फलफूल धेरै नभित्रिएको तथा ढुवानी खर्च बढी लागेको जनाउँदै यसको मूल्य बढाएका हुन् ।
कतिपय व्यापारीले भूकम्प र नाकाबन्दीमा जस्तै अहिले पनि कमाउने समयका रुपमा लिएको उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत सङघ÷सस्थाले बताएका छन् । ‘लकडाउन’ जारी रहँदा चामल, दाललगायतका खाद्यान्न पनि तोकिएको भन्दा बढी मूल्यमा बिक्री हुन थालेको उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । सरकारले पर्याप्त अनुगमन नगरेकाले व्यवसायीले ताकिएको भन्दा बढी मूल्यमा खाद्यान्न बेच्ने गरेको उनले आरोप लगाए । उनले भने, “धेरै व्यापारीले भूकम्प नाकाबन्दीका समयमा पनि बढी मूल्य लिँदा केही भएन अहिले पनि केही हुँदैन भन्ने सोचेका छन् ।”
बजार मूल्य ह्वात्तै बढेको छ । कतिपय व्यापारीले घरमै पु¥ृयाए पनि सेवा (होम डेलिभरी) शुरु गरेका छन् । कम्तीमा यति मूल्यबराबरको तरकारी किन्नुपर्ने र पुर्याउने ज्याला तोकिएकाले त्यसको जानकारी भए पनि प्रयोग नगरेको बालकुमारीकी सीता न्यौपानेले बताए । ठूलो परिवार र सम्पन्न व्यक्तिका लागि मात्रै यो उपयुक्त हुने उनको भनाइ छ ।उनलृ भने, “हामीले आफैँ छानेर रु ५०÷१०० को एक दुई छाक किन्ने मान्छेले कम्तीमा रु १५ सय दुई हजारको तरकारी कहाँ किन्न सक्छौँ ।”
बजारमा अहिले तरकारी र फलफूल नपाउने समस्याभन्दा पनि महँगो पर्नु उपभोक्ताका लागि समस्या भएको अध्यक्ष तिमल्सिनाले बताए । व्यवसायीले विभिन्न स्थानबाट ल्याउँदा बढी भाडा परेकाले मूल्य बढेको बताउने गरेको उनले जानकारी दिए । उपत्यका आसपासका जिल्लाबाट तरकारी ल्याउन चालक÷सहचालकले पहिलेभन्दा दोब्बर भाडा माग्ने गरेको व्यापारीले बताउँदै आएका छन् । उनले भने, “यसमा स्थानीय तहले पनि समन्वय गर्नुपर्छ, अहिले एकातिर गाउँको उत्पादन खेर गइरहेको छ भने अर्कातिर शहरी क्षेत्रमा तरकारीको मूल्य ह्वात्तै बढेको छ ।”
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी दीपक पोखरेलले विभागले सङ्कटका समयमा आमउपभोक्तालाई पर्न सक्ने समस्या तत्काल सुन्न र सम्बोधन गर्न टोल फ्री नम्बर ११३७ शुरु गरेको बताए । यो टेलिफोनमा पहिले सबैभन्दा बढी ग्यास, माक्स र सेनिटाइजर नपाएको गुनासो आउने गरेको थियो । बजारमा पहिले आधा र अहिले पूरै सिलिन्डर ग्यासको बिक्री भइरहेकाले यी गुनासोमा कमी आएको छ । विभागले आएका गुनासोका आधारमा टोली अनुगमन गएर कुनै समस्या पाइएमा कारवाही अघि बढाएको उनको भनाइ छ । केही दिन पहिले मात्रै मासु र ग्यासको मूल्य तोकिएभन्दा बढीमा बिक्री गरेको भन्दै कारवाही गरिएको थियो । उनले भने, “टोल फ्री नम्बर १२ घण्टा खुल्ला हुन्छ र त्यसमा गुनासो आउँदा हामीले अनुगमन र कारवाही गरिरहेका छौँ ।”
काठमाडौँ उपत्यकाका आसपासका क्षेत्र र नजिकका जिल्लाबाट शहरी क्षेत्रमा तरकारी र दूधको आपूर्ति गर्दै आएकामा ढुवानी सहज नहुँदा त्यस क्षेत्रबाट ती सामग्री आउन सकेका छैनन् । खाद्य वस्तु बजारसम्म पुर्याउन नपाउँदा दूध र तरकारी उसै खेर गइरहेको स्थानीयवासी किसानले गुनासो गर्दै आएका छन् । उपत्यकाका काँठ क्षेत्र, धादिङ, काभ्रे, नुवाकोट, चितवनलगायत जिल्लाबाट उपत्यकामा तरकारी र दूधको आपूर्ति हुने गरेको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: