काठमाडौं । कोरोना भाइरस महामारीका कारण उद्योग–व्यवसाय बन्द हुँदा अमेरिकामा ठूलो संख्यामा मानिसहरु बेरोजगार बनेका छन् । अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताका लागि ६६ लाख कामदारले आवेदन दिएको उल्लेख छ ।
यसअघि नै एक करोडभन्दा बढीले दुई साताको अवधिमा रोजगारी गुमाएका थिए । जसमा प्रत्येक १० जना अमेरिकी कामदारमध्ये एकजनाले रोजगारी गुमाएका छन् ।
विश्लेषकहरूका अनुसार अझै धेरै रोजगारी गुम्ने खतरा रहेको छ । अप्रिलमा बेरोजगारी दर १५ प्रतिशत पुग्ने बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संकटपछि अर्थतन्त्रमा तुरुन्तै सुधार भइहाल्ने अवस्था छैन भनेर विश्लेषण गर्नेहरूप्रति तिखो टिप्पणी गर्दै अमेरिकी अर्थव्यवस्था छिटै तङ्ग्रिने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले विमानसेवालाई कसरी सहयोग गर्न सकिएला भनेर आफूले अर्थमन्त्री र यातायातमन्त्रीसँग छलफल गरेको बताउँदै यस क्षेत्रमा सुधार ल्याउन विभिन्न प्रस्ताव अघि बढाउन लागेको जनाएका छन् ।
अमेरिकी केन्द्रीय बैंकले पनि विभिन्न व्यवसायलाई लक्षित गरी २३ खर्ब डलरबराबरको सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरिसकेको छ । एजेन्सीबाट
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: