काठमाडौं । देशभरका अदालतको आंशिक सेवा विस्तार गरिएको छ । नियमित मुद्दाको सुनुवाइ बाहेकका अन्य सेवा क्रमशः विस्तार गर्ने योजना अनुसार शुक्रबारदेखि म्याद थप गर्ने, अभियोगपत्र दर्ता, पक्राउ परी आएका अभियुक्तको बयान लिने, थुनछेक आदेश सम्मका सेवा विस्तार गरिएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - आइतबारदेखि सबै अदालतमा धरौटी वा जमानत उपरको निवेदनको पनि सुनुवाइ हुनेछ । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले आंशिक रूपमा सेवा विस्तार गरिएको बताए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको पूर्ण बैठक (फुलकोर्ट) को निर्णय अनुसार आंशिक रूपमा सेवा विस्तार गरिएको हो । बिहीबार सर्वोच्च अदालत बार एसोसिएसन लगायतले कतिपय काम कारबाही स्थगन हुँदा नागरिकको वैयक्तिक अधिकार हनन भइरहेको भन्दै ध्यानाकर्षणसमेत गराएका थिए ।
सर्वोच्चको पूर्ण बैठकको निर्णयमा–लकडाउनको अवधि लम्बिँदै गएको र अनुसन्धान तहकिकातको क्रममा हिरासतमा रहेका व्यक्तिको सुरक्षित जीवनको वैयक्तिक स्वतन्त्रताप्रति विशेष रूपमा संवेदनशील हुन आवश्यक देखिएको हुँदा अभियुक्तलाई अनुसन्धान तहकिकातका लागि हिरासतमा राख्न अनुमति दिने (म्याद थप), अभियोगपत्र दर्ता गर्ने, पक्राउ परी आएका अभियुक्तको बयान लिने, थुनछेक आदेश गर्ने सम्बन्धी कार्य आजदेखि नै नियमित रूपमा गर्ने गराउने भनिएको छ ।
यस्तै पूर्ण बैठकले चैत ३० गतेबाट फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसारको निवेदनको सुनुवाइ गर्ने भएको छ । उक्त दफामा थुनछेक आदेश वा तोकिएको धरौटी वा बैङ्क जमानतमा चित्त नबुझ्ने पक्षले एक तहमाथिको अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ ।
यस्तै लकडाउनको अवधिमा भएका लिखित दरपीठ आदेश उपरको निवेदनमा पनि चैत ३० गतेदेखि नै सुनुवाइ हुने भएको छ । पूर्ण बैठकले यस्तो सुनुवाइको व्यवस्था मिलाउन मातहतका अदालतलाई निर्देशन पनि दिएको छ ।
अहिले अदालतमा बन्दीप्रत्यक्षीकरण र कोरोनासँग सम्बन्धित निवेदनको मात्र सुनुवाइ भइरहेको छ । यस्तै पक्राउ अनुमति, जरुरी पक्राउ पुर्जीको समर्थन र फैजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार धरौटी रकम तिरेर कैदबाट छुटिपाउँ भन्ने निवेदनको पनि सुनुवाइ भइरहेको छ ।
कारागारको व्यवस्थापन सहज बनाउन भन्दै महान्यायाधिवक्ता कार्यालयले सरोकारवाला सँगको समन्वयमा एक वर्षभन्दा कम कैद सजाय भएकालाई दैनिक तीन सय रुपियाँका दरले हुन आउने रकम जम्मा गरेर छाड्न सकिने व्यवस्था गरेको थियो । यस्तै लकडाउनको अवधिमा पनि बालसुधार गृहमा रहेका बालबालिका अभिभावक तथा संरक्षकलाई जिम्मा लगाइपाऊँ भन्ने निवेदनको सुनुवाइ पनि अदालतले गरिरहेका छन् ।
पूर्ण बैठकले लकडाउनको अवधि सकिएको तीन दिनपछि नियमित मुद्दाको सुनुवाइ गर्ने निर्णय पनि गरेको छ । लकडाउनको निर्धारित अवधि वैशाख ३ गते सकिएपछि सबै अदालत र न्यायाधिकरणबाट नियमित सेवा सञ्चालन गर्ने निर्णयमा उल्लेख छ । सेवा स्थगन भएको अवधिको हदम्याद, म्याद, तारिख भने अदालत पूर्ण सञ्चालनमा आएको १० दिनसम्म लिन सकिने निर्णय यथावत् रहेको प्रवक्ता पोखरेलले जानकारी दिए ।
उनका अनुसार हद म्याद, म्याद, तारिखको हकमा यसअघिको निर्णय यथावत् छ । अदालत लकडाउन सकिएको तीन दिनपछि सञ्चालन आउने भनिए पनि अदालत सञ्चालनमा आएको १० दिनभित्र पक्ष उपस्थित भएमा म्याद नगुज्रेको सरह मान्य हुने निर्णय यथावत् रहने प्रवक्ता पोखरेलले बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: