Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सडक मानव भन्छन्, बाँचिन्छ कि जस्तो लागेको छ...

भक्तपुर । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेको छ । आमनागरिक घरभित्र बसेका छन् । सधै व्यस्त र भीडभाड रहने सडकमा सीमित सवारीसाधन मात्र चलेका छन् ।

विविध कारणले सडकमा आएका मानव यतिखेर विचल्लीमा परेका छन् । खुल्ला आकाशमुनि अलपत्र छन् । हरेक दिन राति करिब ७ बजेदेखि रातो पिपिई लगाएका चारजना अरनिको राजमार्गमा पर्ने नलिन्चोकदेखि जडिबुटीसम्मको सडक, कौशल्टारको आकाशे पुल, मध्यपुरथिमि सिद्धिकाली, सानोथिमिलगायत नगरका भित्री बस्ती, भक्तपुरको सल्लाघारी, दत्तात्रय, पाँचतले मन्दिर, कमलविनायकलगायत नगरका भित्री क्षेत्रमा अलपत्र भोकै रहेका सडक मानवको हातहातमा खाना पुर्याउन व्यस्त हुन्छन् ।

चाँगुनारायण नगरपालिका–३ गेलालगाउँमा बेवारिसे सडक मानवको आश्रय बन्दै आएको मानव कल्याण समाज (सेवा घर) कि अध्यक्ष सुमित्रा चौलागाई नेतृत्वको चारजनाको टोली यसैगरी हरेक साँझ हातमा खानाको पोको बोकेर पुग्छन् सडक मानवसम्म । आमाले कतिखेर खाना ल्याउलिन भन्दै सन्तानले कुरेजस्तै कतिखेर आइपुग्छ खाना लिएर सुमित्राको टोली भनेर साँझ परेपछि बाटो हेरेर बस्छन् –सहाराविहीन सडक मानव ।

भारी बोक्ने काम गर्दै आएका सिन्धुपाल्चोकका दिलबहादुर भुजेल पाटीमा बस्दै आएका छन् । लकडाउन अघिसम्म भारी बोकेर जसोतसो ज्यान पाल्दै आएका उनी लकडाउन पनि झण्डै एकहप्ता भोकै परे । तर विगत ११ दिनदेखि उनको बाँच्ने आधार बनेकी छिन्, उनै मानव कल्याण समाजका अध्यक्ष चौलागाई । भुजेल भन्छन्, “काम पाइन, बस्ने कोठा छैन, ५–६ दिन भोकै बसेँ, अचेल त साँझ तातो खाना खान पाइन्छ, सुमित्रा बहिनी आउँदा आमाले खाना ल्याए जस्तै लाग्छ, कहिले साँझ पर्ला र उनी खाना लिएर आउलिन् जस्तो हुन्छ ।”

लकडाउन अघि भरिया काम गरेर बाँच्ने, फोहर प्लास्टिक टिप्ने, जोगी र माग्दै जीवन टाल्ने सडक मानव लकडाउनमा खुल्ला आकाशमुनि भोकै देखेपछि एकछाक तातो खाना खुवाउने अभियानमा जुट्यो मानव कल्याण समाज । मध्यपुरथिमिको भित्री बस्तीको पाटीमा बस्दै आएका ६८ वर्षीय बुद्धिकुमार खड्का शाही बिरामी छन् । दम र खोकीको बिरामी उनी भन्छन्, “बूढो भएँ, साहारा कोही छैन, खान पाइनँ, अहिले यी छोरीले ल्याइदिन्छिन्, बाँचिन्छ कि जस्तो लाग्न थालेको छ ।”

उनको मात्रै हैन भारी बोकेर सडकमा जीवन गुजारा गर्दै आएका पर्वतकी सुमित्रा गिरी, भीम राई, ज्यामी काम गर्ने धरानका सुमन राई, सिन्धुलीका चन्द्रबहादुर राईलगायत ६ वर्षदेखि ६८ वर्षसम्ममा ५० जनाभन्दा बढीको अवस्था अहिले उस्तै छ ।

भारी बोकेर जीवन गुजार्ने राई पाइन्टको गोजीको नाम्लो देखाउँदै भन्छन्, “काम छैन हजुर, घर जान पनि पाइएन, यता खान पनि पाइएन, सरकारले दिने राहत हामीले पाएनौँ, पाए पनि पकाउने ठाउँ छैन, अहिले राति खाना खुवाउन भाइ बहिनी आउँछन्, खुशी लागेको छ ।” चन्द्रबहादुर झ्याप्लेको छोरा ड्राइभर छ, अहिले कहाँ छ थाहा छैन, श्रीमती अर्कैसँग पोइल गई, अहिले एक्लै पाटीको बास छ उनको ।

लकडाउनले सडक मानवको दयनीय अवस्था देखेपछि सडकमा रहेको मानिसको खोजी गर्दै अहिले ५० जनालाई राति खाना खुवाउने गरेको मानव कल्याण समाज भक्तपुरकी अध्यक्ष चौलागाईं बताउछिन् । “हाम्रो सेवाघरमा अहिले पनि नौ बालबालिकादेखि ६३ जना सडक मानवलाई आश्रय दिइरहेका छौँ, लकडाउनमा सडकमा बस्नेहरु भोकै भएको थाहा पायौ, त्यसैले बेलुका एकछाक तातो खाना खुवाउने अभियान शुरु गर्यौ, अब लकडाउनभरि बेलुका खाना खुवाउँछौँ ।”

अनुगमनमा जिल्लाभित्र ५० जना यस्ता मान्छे भेटिएपछि झौखेलस्थित सेवा घरमै पाँचजना स्वयंसेवकको टोली खाना, तरकारी, अचार प्याक गरी दाल थर्मसमा राखेर, पानीसहित लिई रातपरेपछि खाना खुवाउन सडकमा जानु अचेल उनीहरुको दैनिकी बनेको छ ।

यसका लागि सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले स्थापना गर्नुभएको मानवीय आस्था नेपालले खाद्यान्न उपलब्ध गराएको छ भने गोपी न्यौपाने संयोजक रहेको नागरिक हेल्थ ट्रष्टले उनीहरुका लागि पाँच सेट पिपिई, मास्क, पञ्जा, स्यानिटाइजर उपलब्ध गराएको छ । सडकमा मानिस भोकै भएको थाहा पाएर सडक मानवको उद्धार गर्दै आएको मानव कल्याण समाजलाई रासन उपलब्ध गराएर खाना खुवाउने व्यवस्था मिलाएको सांसद बस्नेत बताउछन् ।

वेभ ग्रुपका अध्यक्ष एवं हनुमन्ते सफाइ अभियान्ता नरेश रञ्जित आ–आफ्ना वडामा रहेका बेसहारा मानवलाई वडामार्फत खाना खुवाउने व्यवस्था नगरपालिकाले गर्नुपर्नेमा त्यसो हुन नसक्दा यो विडम्बना आएको बताउनुहुन्छ । सडक मानव मुक्त गर्ने सरकारको घोषणालाई साकार पार्न उनीहरुको उद्धार गर्छौं भनेर सरकारसँग बर्सेनि करोडौ लिने संस्थाले यिनै सडक मानवलाई अहिले नदेखेको गुनासो गर्छन् स्थानीयवासी ।

स्थापनाको करिब डेढवर्षको अवधिमा समाजले २०० बेसाहारा सडक मानवको उद्धार, ७५ लाई परिवारसँग पुनर्मिलन गराएको बताउँदै समाजकी अध्यक्ष चौलागाईले सेवा घरमै १८ को मृत्यु भएपछि प्रहरीसँगको सहयोगमा दाहसंस्कारसमेत गराएको बताउछिन् । कोरोनाको जोखिमका कारण तत्काल सडक मानवको उद्धार गर्न समस्या भए पनि लकडाउन खुलेपछि उनीहरुको उद्धार गर्ने समाजले तयारी गरेको छ ।

भक्तपुर अस्पतालका क्विक रेस्पोन्स टिमका अरुण सैँजुको अनुरोधमा आजबाट भक्तपुर अस्पताल, क्यान्सर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्रमा भर्ना भएका बिरामी, कुरुवा र आइसोलेशनमा उपचारमा रहेका करिब ५० जनालाई निःशुल्क खाना खुवाउन शुरु गरेको समाजकी अध्यक्ष चौलागाई जानकारी दिए।

सरकारको सहयोग नरहे पनि स्थानीय विभिन्न दाताले दिने खाद्यान्नलगायतको सहयोग, जन्मोत्सव, विवाह महोत्सव र पितृको तिथिलगायतमा दिने दानले संस्था चल्दै आएको छ । हाल नौजना बालबालिकासहित ६३ जना रहेको समाजले ओमकृष्ण सेवा सदनले उपलब्ध गराएको भवन र अर्को २५ हजार मासिक भाडा तिरेर लिएको घर सहाराविहीनको आश्रय बन्दै आएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies