बिहारको जहानावादमा कोरोना संटकबीच ३ वर्षका एक बच्चाको एम्बुलेन्स कुर्दा कुर्दै आमाकै कोखमा मृत्यु भएको छ । यी बालक केही दिनदेखि बिरामी थिए । बच्चालाई लिएर उनकी आमा जहानावादको एक सरकारी अस्पतालमा पटक–पटक पुगेकी थिइन् ।
डाक्टरहरुले बच्चाको गम्भीर स्थिती देखेपछि पटना रिफर गरेका थिए । जहानावादबाट पटना झन्डै ५० किलोमिटर दूरीमा छ । बच्चालाई पटना लैजानका लागि बिरामीका परिवारजनले एम्बुलेन्सका लागि दुईघण्टा यता–उता भड्कनुपर्यो , यतिबेलासम्म बच्चाको मृत्यु भइसकेको थियो ।
भइरह्यो रिफर, भएन उपचार
बिहारको अरवल जिल्लास्थित सहोपुर गाउँबाट यो परिवार उपचारका लागि जहानावाद आएको थियो । बच्चाको अवस्था खराब भएपछि उनकी आमाले सबैभन्दा पहिले नजिकैको स्वास्थ केन्द्र, कुर्था लगेकी थिइन् । कुर्थाबाट डाक्टरले जहानावाद रिफर गरे । लकडाउनमा बल्लतल्ल अटोको व्यवस्था गरेर बाबु–आमा जहानावाद सदर अस्पताल आइपुगे । यहाँबाट डाक्टरले बच्चालाई पटना लैजान रिफर गरे ।
जिल्लाको सरकारी अस्पताल हुनुका बाबजुद पनि इमर्जेन्सी हालतमा एक गरिब परिवारका लागि एम्बुलेन्स व्यवस्था गर्न नसकेको भन्दै अहिले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा यस अस्पतालका अधिकारीहरुको आलोचना भइरहेको छ ।
बच्चा आमाको कोखमा तड्पिरहेको थियो, बाबु एम्बुलेन्सका लागि यता–उता भड्किरहेका थिए । एक घण्टा गुज्रिएपछि बच्चाको हालत निकै खराब भइसकेको थियो र आमा बच्चाको ज्यान जोगाउनका लागि सहयोगको याचना गरिरहेकी थिइन् ।
कहाँ गयो नीतिशकुमारको सुशासन मोडल
यस घटनासँगै बिहारका मुख्यमन्त्री नितिशकुमारको सुशासनको मोडलबारे पनि प्रश्न उठेको छ । मृत्युपछि पनि यस बच्चाको शवलाई घरसम्म लैजानका लागि अस्पतालले यस परिवारलाई कुनै सवारी उपलब्ध गराएन ।
बच्चाको मृत्युपछि आमाले आफैं उनको शव उठाएर २५ किलोमिटर टाढाको आफ्नो गाउँसम्म पैदलै हिडिंन् । लकडाउनमा यी परिवारको चिच्याहट कसैले सुन्नेवाला थिएन । तर, केही पर पुगेपछि केही पत्रकारको पहलमा एक सामाजिक कार्यकर्ताले आफ्नो गाडीमा यी परिवारलाई गाउँसम्म पठाइदिए । स्रोत आजतक
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: