काठमाडौं । बन्दाबन्दीका कारण ब्यान्डविथ खपत बढ्दा पनि मोबाइल इन्टरनेटको गति (स्पिड)मा भने चाप नपरेको पाइएको छ । अझ अचम्मलाग्दो त के छ भने बन्दाबन्दीकै अवधिमा पनि नेपालको मोबाइल इन्टरनेटको गतिमा थप सुधार देखिएको छ । त्यस्तो सुधारले विश्वव्यापी इन्टरनेट गतिको सूचकमा नेपाल ९ स्थानले फड्को मार्दै ११७औँ स्थानमा पुगेको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - इन्टरनेटको विश्वव्यापी गति मापन र विश्लेषणमा चर्चित ओक्लाले सार्वजनिक गरेको मार्चको तथ्यांकअनुसार नेपालको मोबाइल इन्टरनेटको औसत डाउनलोड स्पिड १४.२२ एमबीपीएस छ । त्यस्तै अपलोड स्पिड भने ८.४८ एमबीपीएस छ ।
इन्टनरेट स्पिडमा विश्वव्यापी सूचकमा नेपालले सुधार गरे पनि डाउनलोड र अपलोड स्पिड विश्वव्यापी औसतभन्दा भने निकै कम छ ।
ओक्लाका अनुसार मार्चको विश्वव्यापी डाउनलोड स्पिड ३०.४७ एमबीपीएस छ भने अपलोड स्पिड १०.७३ एमबीपीएस छ ।
मोबाइल इन्टरनेटमा नेपालको सुधार पछाडि खासगरी तीनवटा कारण हुनसक्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी बताउँछन् । उनका अनुसार बन्दाबन्दीपछि फ्रिक्वेन्सीको प्रयोग बढाएको, कोर नेटवर्कको स्तरोन्नति र सेवा विस्तारले मोबाइल इन्टरनेटको गुणस्तर सुध्रिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा अहिले एक करोड ६३ लाखले मोबाइलबाट इन्टरनेट प्रयोग गर्छन् ।
मोबाइल इन्टरनेटबाहेक फिक्स्ड ब्रोडब्यान्डमा समेत नेपालले आफ्नो स्थानबाट फड्को मारेको छ । खास गरी निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले उपलब्ध गराउँदै आएको फिक्स्ड इन्टरनेटको गुणस्तरको सम्बन्धमा बारम्बार प्रयोगकर्ताको गुनासो रहने गरेको छ ।
यद्यपि मार्चमा नेपालले फिक्स्ड इन्टरनेटको स्पिडमा सुधार गरी तीन स्थान माथि उक्लँदै १११औँ स्थानमा पुगेको छ । फिक्स्ड ब्रोडब्यान्डमा नेपालको औसत डाउनलोड स्पिड २०.८१ एमबीपीएस छ । त्यस्तै अपलोड स्पिड १९.५९ एमबीपीएस छ ।
यो दुवै गति विश्वव्यापी औसतको तुलनामा भने निकै कम हो । फिक्स्ड ब्रोडब्यान्डमा विश्वव्यापी डाउनलोड औसत ७६.६४ एमबीपीएस छ भने अपलोड स्पिड ४०.०७ एमबीपीएस छ ।
अहिले नेपालमा करिब ४८ लाखले फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्ने तथ्याङ्क छ । विश्वभर मोबाइल इन्टरनेटको स्पिड सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (दुबई)मा रहेको छ ।
ओक्लाका अनुसार दुबईमा मोबाइलको डाउनलोड स्पिड ८३.५२ एमबीपीएस र अपलोड स्पिड २१.७९ एमबीपीएस रहेको छ ।
त्यस्तै फिक्स्ड ब्रोडब्यान्ड स्पिडमा सिङ्गापुर अगाडि रहेको छ । सिङ्गापुरको डाउनलोड स्पिड १९७.२६ एमबीपीएस र अपलोड स्पिड २०८.२६ एमबीपीएस छ ।
मोबाइल इन्टरनेटको धेरै स्पिड भएका दक्षिण एसियाली देशमध्ये नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि श्रीलङ्का ९८औँ स्थानमा छ । छिमेकी देश भारत १३०औँ स्थानमा छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: