Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

‘लकडाउन’मा राजधानीका सडक रङरोगनले चिटिक्क

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दी (लकडाउन) गरिएपछि जनजीवनमा असजिलो भए पनि कतिपय कामलाई भने सहज भएको छ । काठमाडौं उपत्यकामा कालोपत्रे (ओभर–ले) गरिएका सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनका लागि भने अहिले सहज भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - सडकमा सवारी साधन असाध्य न्यून हुँदा धमाधम सडकमा ट्राफिक चिह्न बनिरहेका छन् भने रङरोगनको काम पनि भइरहेको छ । ट्राफिक चिह्न र सडक वरिपरि रङरोगन भएपछि राजधानीका सडक चिल्ला, सफा र चिटिक्क देखिन थालेका छन् ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने, ‘उपत्यकाका तीनवटै जिल्लामा सडक विभागअन्तर्गत रहेका कुल ८० किलोमिटर सडकमा कालोपत्रे गर्ने योजना रहेकोमा अहिलेसम्म ५५ किलोमिटरमा कालोपत्रेको काम सम्पन्न भएको छ । कालोपत्रे भएकामध्ये अधिकांश सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनको काम अन्तिम चरणमा पुगेको छ ।’

बन्दाबन्दीका कारण कामदारको अभावमा अहिले उपत्यकाका सडकमा कालोपत्रे गर्ने काम बन्द रहेको बताउँदै उनले बन्दाबन्दीपछि बाँकी रहेका सडकहरूमा कालोपत्रे गरिने बताए । ‘ती सडकमा भने ट्राफिक चिह्न निर्माण तथा रङरोगन सडक कालोपत्रे भएपछि मात्रै हुनेछ’ उनले स्पष्ट पारे ।

बन्दाबन्दी खुलेपछि एक महिनाको समयमा कालोपत्रेको काम सम्पन्न गर्ने सडक विभागको योजना छ । ललितपुर र भक्तपुरमा कालोपत्रे गरिएका सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनको काम पूरा भएको जानकारी सडक विभागले दिएको छ । सडक डिभिजन कार्यालय, काठमाडौँका प्रमुख कुवेर नेपालीले सोमबारसम्म रङरोगन लगायतका काम सकिने बताए ।

काठमाडौं जिल्लामा सडक डिभिजन कार्यालय अन्तर्गतका १० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी र जम्मा ४१ किलोमिटर सडकमा कालोपत्रे गर्ने लक्ष्य छ । कार्यालयका अनुसार महाराजगन्ज, बालुवाटार, थापाथली, न्यु प्लाजा, पुतलीसडक, भद्रकाली, रत्नपार्क, प्रदर्शनीमार्ग, अनामनगर, धुम्बाराही, हाँडीगाउँ, ज्ञानेश्वर, सामाखुसी, टोखा सडकखण्डमा ट्राफिक चिह्न र रङरोगनको काम सकिएको छ । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर सडक डिभिजन कार्यालयअन्तर्गत क्रमशः ९३, ३८ र १९ वटा सडक छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै सडकका खाल्डाखुल्डी चाँडो पुर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएपछि काठमाडौँमा सडक सुधारको काम तीव्र रूपमा भइरहेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy