काठमाडौं– एनसेलका प्रिपेड ग्राहकले अब आफुसँग मेन ब्यालेन्स नभएपनि डाटा र एसएमएस सेवाको फाइदा लिन सक्नेछन् ।
नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफना ग्राहकलार्ई सम्पर्कमा रहिरहन थप मद्दत पुर्याउँदै शनिबार ९चैत्र २९० बाट नयाँ योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले अब डाटा र एसएमएस सेवासहितको प्याक वा एसएमएस प्याक पछि शुल्क तिर्ने गरी ९लोनमा० खरिद गर्न सक्छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसले विश्वनै त्रसित भईरहेको विपद्को परिस्थिती र लकडाउनले गर्दा ग्राहकहरुले सहज रुपमा आफ्ना परिवारका सदस्यहरु र साथीभाइहरुसँग सम्पर्कमा रहन तथा नव वर्षको शुभकामना आदानप्रदान गर्न आफ्नो व्यालेन्स रिचार्जमा कठिनाई भोगिरहेका हुन सक्छन् । त्यसैले एनसेलले सजिलै डाटा र एसएमएस सेवामा पहुँच सुनिश्चित गर्न यो नयाँ योजना ‘न्यु इयर अफर’ल्याएको हो ।
डाटा र एसएमएस सेवा प्याकका रुपमा लिई तोकिएको शुल्क पछि तिर्न मिल्ने यो पहिलो यस किसिमको अफर हो । यस अफर अन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डाटा र २५० एसएमएस प्याक कर सहित मात्र रु २० मा सुचारु गर्न सक्छन् । ग्राहकले आफुसँग शुन्य ब्यालेन्स रहेको अवस्थामा पनि यो प्याक लोनमा सुचारु गरी डेटा र एसएमएस सेवाको फाइदा लिन सक्छन् । यो प्याकअन्तर्गत पाइने डाटा र एसएमएस भोलुम सुचारु भएको दिन देखि ५ दिनको लागि मान्य रहन्छ ।
आफ्नो आवश्यकताअनुसार ग्राकहले एसएमएस सेवा मात्र पनि प्याक रुपमा लिन सक्छन् । ग्राहकले लोनमा नै २५० वटा एसएमएस रहेको प्याक कर सहित मात्र रु १० सुचारु गर्न सक्छन् । सुचारु गरिएको एसएमएस प्याक ५ दिनको लागि मान्य रहनेछ ।
ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ७७ ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसार डेटा र एसएमएस बन्डल प्याक वा एसएमएस प्याक लोनमा सुचारु गर्न सक्छन् ।
विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका र मेन ब्यालेन्स रु ५ भन्दा कम भएका एनसेलका प्रिपेड ग्राहकले मात्र यीे प्याकहरु सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्क स्वतः काटिने छ । यस बाहेक अन्य शुल्क लाग्ने छैन ।
ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि समयमा जति पटक पनि यो सेवा लिन सक्छन् । यद्यपि सेवा सुचारु गर्नुभन्दा पहिला पुरानो लोनको रकम चुक्ता गरेको हुनु पर्दछ ।
कोरोनाभाइरस रोगका कारण सामाजिक दुरी कायम गर्दै सबै आ–आफ्नो घरमा बसिरहेको अवस्थामा, यस अफरले ग्राहकलाई आफ्ना परिवारका सदस्यहरु र साथीभाइसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: