काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितितामा मुछिएकाहरुलाई बर्खास्त गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत बाेल्दै उनले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितितामा मुछिएकाहरुलाई बर्खास्ती गरि छानबिन गर्न माग गरेका हुन् ।
स्वास्थ्य सामाग्री खरिद गर्दा आर्थिक चलखेल भएको दाबी गर्दै उनले बर्खास्त गरेर छानबिन गर्न प्रधानमन्त्रीसँग माग गरे । उनले क-कसलाई बर्खास्ती गर्नेबारे भने उल्लेख गरेका छैनन् । ‘प्रधानमन्त्री ज्यू आरोपितहरुलाई पदमुक्त गर्नुहोस्, छानबिनमा सहयोग गर्नुहोस्’, फेसबुक तथा ट्वीटरबाट लाभइ गर्दै शर्माले भने, ‘अख्तियारलाई छानबिन गर्न पनि हामी आग्रह गर्दछौं।’
दुई महिना लामो टेण्डर रद्द गरेर अपरादर्शी रुपमा तीन घण्टा टेण्डर स्वीकृत गर्नु, बजार मूल्यभन्दा बढीमा सामान खरिद गर्नु र किनिएका सामान समेत कम गुणस्तरको हुुुनु आपत्ति जनक रहेको उल्लेख गरे। शर्माले प्रश्न गरे, ‘कमसल सामान ल्यायो। विश्वस्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसारको सामाग्री पनि प्रयोग गरियो। यस्तो सामाना प्रयोग गर्नु अपराध होइन?’
उनले प्रतिपक्षले सरकारलाई सहयाेग गर्दा पनि प्रधानमन्त्रीले आलाेचना गरिरहेकाे भन्दै गुनासाे पनि गरे । उनले भने, ‘हामी सरकारलाई सहयोग गर्न चाहन्छौं। तर प्रधानमन्त्री ज्यू आलोचित गर्न थाल्नुभयो। देशबासीको नाममा सम्बोधन गर्दै पनि आलोचना नै गर्नुभयो ।’
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: