Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

टर्कीका गृहमन्त्री लकडाउन लागू गराउन असफल भएपछि दिए राजीनामा

एजेन्सी । टर्कीका गृहमन्त्री सुलेमान सोयलुले लकडाउन लागू गराउन असफल भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सुलेमान राष्ट्रपति रिसेप तैयप एर्दोआनका निकट सहयोगी मानिन्छन् । टर्कीले सबै ३१ सहरमा लकडाउन घोषणा गरेको थियो । लकडाउन घोषणा गरेपछि त्यहाँ मानिसहरु समस्यामा परेका थिए ।

सरकारले शुक्रबारराति ४८ घन्टाको लकडाउन घोषणा गरेको थियो । शुक्रबार आधा रातबाट मानिसहरुलाई घरबाहिर ननिस्कन भनिएको थियो । तर लकडाउन घोषणापछि टर्कीका जनताहरु पसलमा सामान र खाद्यान्न किन्न बाहिर निस्कन सुरु गरेका थिए ।

मानिसहरु बाहिर निस्कन थालेपछि भीडभाड र भागदौडको अवस्था सिर्जना भएको थियो । प्रशासनले मानिसहरुलाई खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सामग्री खरिदमा कुनै रोक नरहेको भन्दै आश्वस्त पार्न खोजेपछि मानिसहरुको भीड सम्हाल्न कठिन भएको थियो ।

अचानक लकडाउन गरिएपछि आम जनता र विपक्षी नेताले समेत आलोचना गरेका थिए । इस्तानबुलमा मात्रै १ करोड ६ लाख मानिस बसोबास गर्छन् ।

इस्तानबुलका मेयरले ट्विटमा भिडियो पोस्ट गर्दै लकडाउनका बारेमा आफूलाई पहिले सूचना नदिइएको बताए ।

लकडाउनका कारण असामान्य अवस्था बनेपछि गृहमन्त्री सुलेमानले आफूले यसको पूर्ण जिम्मेवारी लिने भन्दै ट्विटरबाटै राजीनामा घोषणा गरेका हुन् ।

सुलेमानले ट्विटरमा लेखेका छन्, ‘मैले जनताको सुरक्षाका लागि निर्णय लिएको थिएँ । यो संक्रमण रोक्नका लागि थियो ।\'

टर्कीमा कुनै मन्त्रीले यसरी राजीनामा दिने घटना निकै कम मात्रै हुने गर्छन् । पछिल्लो पटक सन् २०१३ मा एक मन्त्रीले पदबाट राजीनामा दिएका थिए ।

टर्कीमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको छ । सोमबारसम्म टर्कीमा कोरोना भाइरस ५६ हजार ९ सय ५६ जनामा संक्रमण भइसकेको छ ।

गृहमन्त्रीले दिएको राजीनामा राष्ट्रपति एर्दोआनले स्वीकार गरिसकेका छैनन् । एर्दोआनले सुलेमान गृहमन्त्रीमा रहिरहने बताएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies