Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

वीरगन्जको मस्जिदमा प्रहरीको छापा, २६ जना धर्मगुरु क्वारेनटाइनमा

काठमाडौँ । पर्साको वीरगन्ज छिमेकी देश भारतसँग सीमा जोडिएको शहर हो । अहिले वीरगन्ज भन्सार र भारतीय शहर रक्सौलमा नाकाबन्दी गरिएका कारण मात्रै हो नत्र वीरगन्ज र रक्सौल पानी पँधेरो नै हो दुवै देशका नागरिकका लागि । विश्वव्यापीरुपमा फैलिएको कोरोनाका कारण नेपालमा भन्दा पहिला भारतमा कोरोनाले गाँज्न थाल्यो अनि भारतले लकडाउन गरेपछि केही भारतीय रातारात नेपाल आए ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - केही चोर बाटो भएर नेपाल आए । पर्सा जिल्ला जनसंख्याको हिसाबले मु्स्लिम बाहुल्य भएको जिल्ला हो । वीरगन्जमा आधा दर्जन ठूला मस्जिदहरू छन् तर जामे होइनन् । छपकैंया भारतीय सीमा बहर रक्सौलबाट टाढा पनि छैन पैदल नै हिँडेर आए पनि बढीमा आधा घण्टमा आउन सकिने स्थान हो । भारतको दिल्लीमा करिब डेढ महिनाअघि भएको जमातीमा नेपालका धेरै मुस्लिम समुदायको सहभागिता रहेको बताइएको थियो ।

यद्यपि नेपाली मुस्लिमहरूमा भने कोरोना देखिएको छैन । छपकैंयाको मस्जिदमा लुकेर बसेका उनीहरू बिहीबार मात्रै नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनीहरूको स्वाब हेटौंडामा परीक्षणका लागि पठाइएको थियो । हेटौंडाले कन्फर्म गर्न नसकेपछि काठमाडौंको जनस्वास्थ्य प्रयोगशालामा पठाइयो र जहाँ यसको पुष्टि भयो ।

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार प्रहरीले शनिबार राति नै वीरगन्जका केही स्थानहरूमा छापा मारेकोे छ । शंकास्पद स्थान रहेको छपकैंयाको मस्जिदमा छापा मारी गरी २६ जना धर्म गुरुहरूलाई नियन्त्रणमा लिएर वीरगन्जको सिद्धार्थ माविमा रहेको क्वारेनटाइनमा राखिएको छ । उनीहरू सबै भारतीय जमातीमा सहभागी रहेको बताइएको छ ।

स्थानीयमा सन्त्रास
भारतीय जमातीहरूमा कोरोना संक्रमण देखिएपछि वीरगन्जमा सन्त्रास फैलिएको छ । वीरगन्ज शहर बाक्लो र घनाबस्ती भएकाले पनि महामारीको रुप लिने हो कि भन्ने सन्त्रास फैलिएको हो ।

तीन भारतीयलाई राखिएको नारायणी अस्पतालको सबै सेवा बन्द गरिएको छ । उनीहरू कहाँ र कसरी आएका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरू गरेको छ । उनीहरूको यात्रा डायरी खोतल्ने प्रयास भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

जालिममाथि अर्को आरोप
यतिमखाना सञ्चालन कमिटीका अलि अस्गर मदनी र जगरनाथपुरका अध्यक्षले सबै जमातीहरूको बस्नेखानेको बन्दोबस्ती गरेका थिए । बिरामी भएर अस्पताल ल्याइएका जमातीहरूले भारतमा जस्तै नेपालको अस्पतालमा पनि असभ्य व्यवहार देखाएको अस्पताल प्रशासनले बताएको छ ।

२४ मध्ये ३ जनालाई अस्पतालमा राखी बाँकी २१ जनालाई सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका उनीहरूले डाक्टर नर्ससहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि थुकेको एवं अभद्र व्यवहार गरेको एक स्वास्थ्यकर्मीले बताए।

अस्पतालमा रहेका जमातीका बिरामीले जथाभावी हिँड्ने, चापाकल चलाउनेलगायतका व्यवहार गर्दै आएका थिए । तीन जनामा कोरोना संक्रमणको चर्चा शुरू भएपछि शनिबार रातिदेखि नै नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले अस्पतालको ओपीडी बन्द गरेको सूचना निकाल्नुभएको छ ।

उनले विषम परिस्थितिमा आकस्मिक सेवाबाहेकका ओपीडी बन्द गरेको सूचना निकालेको बताए । वीरगन्ज महानगरपालिकाले पनि तवलिगी जमातीहरूको उपचारमा संलग्न डाक्टरसहितका स्वास्थ्यकर्मीलाई राख्नका लागि होटल कन्ट्री इनमा व्यवस्था गरेको छ ।

कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मी पनि क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । तीन जना तवलिगी जमातीहरूको रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने भएको हो ।

चैत १९ गते नेपाल प्रवेश गर्नुअघि जमातीलाई भारतीय सुरक्षँकर्मीले रोक्ने प्रयास गरे पनि उनीहरूले ढुंगामुढा गरी नेपालतर्फ प्रवेश गरेको र त्यहाँबाट जगरनाथपुरका अध्यक्षसहितले १० वटा मोटरसाइकलको व्यवस्था गरी नेपाल प्रवेश गराएका थिए । ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE