Ntc summer Offer
Khabar Dabali १ मंसिर २०८१ शनिबार | 16th November, 2024 Sat
Investment bank

लकडाउनकै बीच भिडियो कन्फ्रेन्समार्फत बस्याे राष्ट्रियसभा बैठक

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिमका कारण गरिएको लकडाउनकै बीच सोमबार राष्ट्रियसभाको अनौपचारिक बैठक बसेको छ । संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बैठक भिडियो कन्फ्रेन्समार्फत बसेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकमा अधिकांश सदस्यहरुले वर्तमान अवस्थाबारे आ–आफ्नो धारणा राखेका थिए । लकडाउन गरेर सरकारले राम्रो काम गरेको भन्दै सदस्यहरुले कोरोनाभाइरसको महामारी फैलिन नदिन विशेष सतर्कता अपनाउन जरुरी रहेको औंल्याए ।

कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिने चिकित्सक, नर्स, कर्मचारी साथै सुरक्षाकर्मीको सुरक्षाको विषयमा सरकार गम्भिर भएर तत्काल व्यक्तिगत सुरक्षा उपकरक पीपीई लगायत खरिद गर्नुपर्नेमा पनि सदस्यहरुले जोड दिएका थिए । त्यसैगरी नेपाल लकडाउन भएसँगै दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुरहरुको अवस्थालाई विशेष ध्यान दिन आग्रह पनि उनीहरुको थियो ।

बैठकमा बोल्दै राष्ट्रियसभा सत्ता पक्ष दलका नेता दीनानाथ शर्माले बागलुङ जिल्ला कोरोनाभाइरसको इपिसेन्टर बन्ने खतरा रहेको बताए । उनले बाग्लुङमा अहिलेसम्म तीनजनामा कोरोना पुष्टि भइसकेको र कोरोनाको जस्तै लक्षण देखिएकी एक महिलालाई अहिले क्वारेन्टाइनमा राखि टेष्टको लागि स्वाव काठमाडौं पठाइएको बताए । बागलुङलगायत अन्य क्षेत्रमा र्यापिड टेष्टलाई प्राथमिकतामा राखी तत्काल चिकित्सकसहितको टोली उक्त क्षेत्रहरुमा परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रियसभाका अर्का सदस्य राधेश्याम अधिकारीले कोरोनाभाइरसविरुद्ध संयुक्त रुपमा लडेर सफलता प्राप्त गर्न सकिने बताए । बैठकमा बोल्दै अर्का सदस्य रामनारायण विडारीले राहत एकद्वार प्रणालीबाट वडा अध्यक्षमार्फत वितरण गर्नुपर्ने बताए । उनले लकडाउनबारे विज्ञहरुसँग छलफल गरी अगाडी बढ्नुपर्नेमा पनि जोड दिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy