Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

खुला सीमाका कारण नेपाल–भारत ओहोरदोहोर बन्द गर्न कठिन

काठमाडौं । खुला सीमाका कारण नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएकछ । सीमाका सम्पूर्ण नाका बन्द भए पनि अनौपचारिक बाटोबाट एकअर्का देशमा ओहोरदोहोर भइरहेका कारण त्यहाँका स्थानीय प्रशासन हैरान छ  ।

आजको गोरखापत्र दैनिकमा खबर छ - नेपाल र भारतले एक अर्का देशका नागरिक जो जहाँ छन्, त्यहीँ राख्ने र त्यसको व्यवस्था त्यही देशको सरकारले गर्ने सहमति भएको छ । दुवै देशका नाकामा कोही रोकिएका छन् भने कोही आ–आफ्नै ठाउँमा रोकिएका छन् तर खुला सीमाका कारण लुकीछिपी एक अर्काको देशमा ओहोरदोहोर भइरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले खुला सीमाका कारण सीमा क्षेत्रमा आवतजावत नियन्त्रण गर्न अलि कठिन भएको बताए । उनले भने, ‘‘दुई देशबीच सीमा खुला भएका कारण को आए ? को गए ? त्यसको कुनै तथ्याङ्क हुँदैन, मान्छे पहिचान गर्नमा समस्या भएको छ, यद्यपि सुरक्षा निकायबाट ‘स्क्रिनिङ’ र ‘ट्राफिकिङ’ गर्ने काम भइरहेको छ ।’

प्रदेश २ को पर्सा जिल्लामा भेटिएका तीन जना कोरोना सङ्क्रमणका कारण सीमा क्षेत्रमा त्रास उत्पन्न भएको छ । सङ्क्रमित तीनै जना भारतीय नागरिक हुन् । गत मार्चमा भारतको दिल्लीमा सम्पन्न तब्लिगी जमात (मुस्लिम समुदायको प्रचारप्रसार गर्ने) कार्यक्रमपछि थुप्रै मुस्लिम नेपाल भित्रिएका कारण सीमा क्षेत्रमा झन् समस्या भएको छ । जमातबाट नेपालका मात्र होइन, विभिन्न देशका मुस्लिम नेपाल छिरेका छन् । उनीहरू नेपालको विभिन्न मदरसा र आफन्तको घरमा लुकीछिपी बसेको पाइएको छ ।

जमातीहरूलाई खोज्ने कार्य तीव्र पारिएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए । सङ्घीय सरकार र प्रदेश सरकारले जमाती तथा अन्य देशबाट आएकालाई खोज्ने सर्च अभियान नै सञ्चालन गरेको उहाँले जानकारी दिए । सशस्त्र प्रहरी, जनपद प्रहरी र अनुसन्धानका गरी तीनै सुरक्षा निकायबाट गस्ती सुरु गरिएको छ । शङ्कास्पद ठाउँमा खोजतलास गर्दै मान्छे फेला पारेर क्वारेन्टाइनमा राख्ने गरिएको बताउँदै उनले हालसम्म दुई सय जना जमाती मात्र फेला परेका र उनीहरूलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

पर्साका विभिन्न १२ ठाउँलाई सिलबन्दी गरिएको बताउँदै उहाँले आवश्यक प¥यो भने प्रदेशका अन्य शङ्कास्पद ठाउँलाई सिलबन्दी गरिने बताए । उनले भने, ‘‘खुला सीमाका कारण मान्छे पहिचान गर्न अलि समस्या भएको छ । जति गरे पनि नेपाल–भारतको सीमा पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन, बरु आएकाहरूलाई पहिचान गरी क्वारेन्टाइनमा राख्ने काम गर्नुपर्छ ।’

नेपाल र भारतबीच एक हजार सात सय लामो खुला सीमा छ । जहाँ छवटा प्रमुख नाका र डेढ दर्जनभन्दा बढी साना नाकाहरू छन् । अनेकौँ अनौपचारिक मार्ग छन् । सीमामा खेतबारी पनि पर्छ । गाउँ पनि छन्, जहाँबाट दैनिक रूपमा हजारौँ मान्छेको ओहोरदोहोर भइरहेको हुन्छ । कतिपय व्यापारिक नाकाहरू पनि छन् । जहाँबाट ठूलो राशिको व्यापार भइरहेको हुन्छ ।

भारतको गृह मन्त्रालयले चैत १ गते शनिबार राति एउटा सूचना जारी गर्दै नेपाल र भारतबीचका चारवटा नाकाबाट मात्र आवतजावत हुन दिने जनाएको थियो । त्यसमा रानीगञ्ज (काँकडभिट्टा), रक्सौल (वीरगञ्ज), सुनौली (भैरहवा) र बनबासा (महेन्द्रनगर) नाका पर्दछ ।

नेपालमा बन्दाबन्दी (लकडाउन) गरिएदेखि अहिले ती नाकाहरू पनि पूरै बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत युवराज कट्टेलले भने, ‘चैत ११ गतेदेखि झापा जिल्लासँग जोडिएका नेपाल–भारतको सबै नाका सिल गरिएको छ, कुनै आवतजावत छैन, खुला सीमाका कारण राति राति सुरक्षाकर्मीको आँखा छलेर आवतजावत गर्यो भने त्यो छुट्टै नत्र पूरै बन्द छ ।’

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अघिकारी सूर्यबहादुर खत्रीले पनि खुला सीमाका कारण नेपाल–भारतबाट आउजाउ गर्न अलि गाह्रो भएको बताए । नाकाहरू पूरै सिलबन्दी छ तर थुप्रै यस्ता अनौपचारिक मार्ग छन् जहाँबाट लुकीछिपी आउने गरेको उनले बताए ।

यद्यपि नाकाबाट छिर्न नदिन पूरापूर प्रयास भइरहेको छ, त्यसका लागि सीमा नाकाहरूमा सुरक्षाकर्मी तैनाथ रहेको उनले बताए । उनले भने, ‘महोत्तरी जिल्लामा एक जना पनि जमाती फेला परेका छैनन्, खोज्नका लागि स्थानीय जनताले सहयोग गर्नुपर्ने तर हालसम्म त्यस्तो सूचना आएको छैन । यद्यपि खोज्ने कार्य जारी छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE