काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - स्वास्थ्य सामग्री खरिदका लागि सरकारले गरेको पत्राचारको प्रतिउत्तरमा भारत र चीनले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सकिनेसहितको पत्र नेपाली सेनालाई प्राप्त भएपछि खरिद प्रक्रियालाई अगाडि बढाइने भएको हो ।
खरिद प्रक्रियालाई तीव्र रूपमा अगाडि बढाउने क्रममा चिनियाँ कम्पनीसँग सोमबार भिडियो संवाद गरी नेपाललाई चाहिने स्वास्थ्य सामग्रीबारे जानकारी दिइएको नेपाली सेनाले जनाएको छ ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गर्न लागिएको बताए । उनले भने, ‘खरिदका लागि पत्राचार गरिएका मुलुकमध्ये भारत, चीन र दक्षिण कोरियाबाट प्रतिउत्तर आएको छ, प्रतिउत्तरमा भारत र चीन तयार भएकाले तिनीहरूसँगै स्वास्थ्य सामग्री खरिद गरिने छ ।’
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रद्वारा तयार पारिएको स्वास्थ्य सामग्रीको सूचीका आधारमा नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदका लागि भारत, चीन, दक्षिण कोरिया, सिङ्गापुर र इजरायललाई पत्राचार गरेको थियो ।
सैनिक प्रवक्ता पाण्डेका अनुसार, नेपाललाई चाहिने औषधि र सामग्रीको सूची तयार पारी आइतबार नै चीनलाई पठाइसकिएको छ । भारतले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई औषधि हस्तान्तरण गर्ने छन् र त्यहाँबाट नेपालले ल्याउनेछ ।
भारतले नेपाललाई ६० प्रकारका औषधि उपलब्ध गराउने छ भने चीनले औषधि र आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छ । नेपाललाई औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेको चिनियाँ कम्पनी विश्वका अन्य ८० मुलुकमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि औषधि तथा स्वास्थ्य सामग्री आपूर्ति गरिरहेका छन् ।
मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल र नेपाली सेनाका पदाधिकारीहरू सहित आइतबार बसेको बैठकले खरिद गर्न लागिएको औषधि र स्वास्थ्य सामग्रीको सूचीलाई अन्तिम रूप दिएको थियो । त्यसपछि सो सूची भारत र चीन पठाइएको थियो ।
प्रवक्ता पाण्डेले भने, ‘औषधि र स्वास्थ्य सामग्रीको सूची रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस गरिन्छ र मन्त्रिपरिषद्ले औषधिको सूची, ल्याइने प्रक्रिया, भुक्तानी गरिने मोडालिटिलगायतको विषयमा निर्णय गरेपछि खरिद प्रक्रियाले अन्तिम रूप लिइने छ ।’
चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी नेपाली सेनामार्फत सरकारदेखि सरकार (जीटूजी) विधिबाट खरिद गर्ने निर्णय गरेको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: