Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

कोरोना भाइरसविरुद्ध एडीबीको सहयोग तेब्बर

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले कोरोना महामारी प्रभावविरुद्ध यसअघि घोषणा गरेको आर्थिक सहयोगको तीन गुणाले बढाएर २० अर्ब अमेरिकी डलर पुर्‍याएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - मार्च १८ घोषणा गर्दा सहयोग प्याकेज ६.५ अर्ब डलरको थियो । २० अर्ब डलरको आर्थिक सहयोग विकासोन्मुख सदस्य राष्ट्रको अर्थतन्त्रमा उत्पन्न आर्थिक जटिलताको सामना गर्न सघाउने गरी बढाइएको एडीबीले जनाएको छ ।

यससँगै सहयोगअन्तर्गतको रकम छिटोछरितो रूपमा उपलब्ध गराउने गरी मापदण्डसमेत निर्धारण भएको जनाइएको छ । घोषित रकममध्ये २.५ अर्ब डलर सहुलियतपूर्ण र अनुदानका रूपमा उपलब्ध गराइने एडीबी मुख्यालयले उल्लेख गरेको छ ।

कोरोना महामारीले एसिया तथा प्रशान्त क्षेत्रमा विगतमा भइरहेको गरिबी निवारण अर्थिक वृद्धिजस्ता उपलब्धिलाई उल्टाइदिने देखिएको भन्दै एडीबीका अध्यक्ष मासातस्गु आस्कावाले यो प्याकेज छिटोछरितो रूपमा उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन् ।

घोषित सहयोग एडीबीका देशीय संरचनामार्फत त्यहाँका सरकारलाई कोभिड प्रभाव न्यूनीकरण कार्यक्रममा सघाइने उल्लेख छ । प्योकजलाई न्यून आय वर्ग र जोखिममा परेका जनताको जीवनस्तर उकास्न केन्द्रित गरिने एडीबीले जनाएको छ ।

२.५ अर्ब डलरको अनुदान भने तत्काल आवश्यक स्वास्थ्य सामग्री किन्न उपलब्ध हुने र दुई अर्ब डलर निजी क्षेत्रको उत्थानमा केन्द्रित गरिने एडीबीले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE