Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

कोरोना नियन्त्रण तथा उपचारका लागि डेढ खर्ब बजेट

काठमाडौं । ‘लकडाउन’का बेला उपचार, राहत तथा आर्थिक पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न ठूलो धनराशि खर्च हुने देखिएको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - सरकारबाट घोषित राहत कार्यक्रमको खर्च १ खर्ब ५० अर्ब २८ करोड रुपैयाँ पुग्ने अनुमान छ। यो रकम यो वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३.९ प्रतिशत हो।

मन्त्रिपरिषद्को चैत १६ मा बसेको बैठकले कोरोना भाइरसबाट प्रभावित क्षेत्रहरूका लागि राहत सुविधा प्रदान गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालयले औसत चार महिनासम्म यी कार्यक्रम सञ्चालन गर्दा हुन सक्ने खर्च अनुमान गरेको हो।

मन्त्रालयका अनुसार सबैभन्दा बढी रकम स्वास्थ्य क्षेत्रमा खर्च हुने आकलन छ, दोस्रोमा आर्थिक क्षेत्र। स्वास्थ्य क्षेत्रका लागि छुट्याइएको राहत कार्यक्रमको लागत ६४ अर्ब ९४ करोड रुपैयाँ पुग्ने देखिन्छ। यो जीडीपीको १.७ प्रतिशत हो।

स्वास्थ्य सेवामा खटिने कर्मचारीलाई मासिक ३४ हजार रुपैयाँ ७५ प्रतिशत प्रोत्साहन खर्च दिने घोषणा सरकारले गरेको थियो। १ लाख १० हजार कर्मचारीलाई २५ हजार ५ सय रुपैयाँका दरले प्रोत्साहन दिनुपर्ने हुन्छ। चार महिनासम्म प्रोत्साहनबापत दिइने यस्तो खर्च ११ अर्ब २२ करोड रुपैयाँ छ।

गम्भीर प्रकृतिका ५ हजार बिरामीलाई सय दिनसम्म उपचार गर्नुपर्ने हुन सक्छ। एक बिरामीलाई ३८ हजार १ सय १८ रुपैयाँका दरले खर्च लाग्ने अनुमान गरिएको छ। यसको कुल लागत १९ अर्ब ६ करोड रुपैयाँ पर्छ।

सामान्य प्रकृतिका १० हजार जनासम्म बिरामीलाई उपचार गर्ने अनुमान गरिएको छ। त्यस्ता बिरामीलाई ३० दिन उपचार गर्दा प्रतिव्यक्ति २३ हजार ९ सय ९६ रुपैयाँसम्म खर्च हुन सक्छ। यसका लागि ७ अर्ब २० करोड रुपैयाँ खर्च लाग्छ।

स्वास्थ्य सामग्री खरिद गर्न १० अर्ब छुट्याइएको छ। न्यून आय भएका १३ लाख ५० हजार जनालाई खाद्यान्न र अन्य राहतका लागि १६ अर्ब २० करोड रुपैयाँ लाग्ने आकलन छ। ३ हजार रुपैयाँका दरले चार महिनासम्मको लागत अनुमान हो।

आर्थिक क्षेत्रतर्फ कुल ३५ खर्ब रुपैयाँको कुल कर्जामध्ये कम्तीमा ५० प्रतिशतले हुन आउने र १७ खर्ब ५० अर्ब कर्जा साना तथा घरेलु उद्योगमा गएको अनुमान छ। यो कर्जाको ५ प्रतिशतका दरले ६ महिनासम्मको ब्याजबापतको रकम अनुदान दिनुपर्दा लाग्ने रकम ४३ अर्ब ७५ करोड रुपैयाँ अनुमान छ।

लकडाउन अवधिमा सरकारले विभिन्न वस्तुमा परिमाणात्मक बन्देज र भन्सार छुट दिएको छ। यसबाट भन्सारतर्फको राजस्व ७ अर्ब रुपैयाँ गुम्नेछ। आयकर छुटबापत ३ अर्ब राजस्व कम हुने अनुमान छ। गैरकर छुटबापत १ अर्ब कम राजस्व उठ्ने उल्लेख छ। विद्युत् महसुल छुटबापत पनि ४ अर्ब राजस्व कम संकलन हुने उल्लेख छ।

७ सय ५३ स्थानीय तहमा ढुवानी अनुदानबापत ५ लाख घोषणा गरिएको छ। त्यसबाहेक नोक्सानीको क्षतिपूर्तिबापत पनि ५ लाख रुपैयाँ दिने उल्लेख छ। प्रत्येक स्थानीय तहमा १० लाखका दरले ४ महिना रकम वितरण गर्दा लाग्ने खर्च ३ अर्ब १ करोड पुग्ने देखिन्छ।

सामाजिक सुरक्षा कोषमा जम्मा गर्दा लाग्ने लागत रकम १ अर्ब ८ करोड रुपैयाँ अनुमान गरिएको छ। त्यस्तै संगठित क्षेत्रमा कार्यरत ४ लाख जनशक्तिलाई जीवन निर्वाह भत्ताबापत २५ हजार रुपैयाँका दरले वितरण गर्दा १० अर्ब रुपैयाँ लाग्ने देखिन्छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम वा यस्तै अरू कार्यक्रममा १२ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ। ५ लाख श्रमिकलाई ५० दिनसम्म रोजगारी दिँदा प्रतिदिन ५ सयका दरले हिसाब गरिएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending