पर्वत। गए राति परेको असिनापानीका कारण पर्वत र बागलुङमा करोडौँको क्षति पुगेको छ ।पर्वतको जलजला र मोदी गाउँपालिका तथा बागलुङको ताराखोला गाउँपालिकामा भीषण असिनापानी परेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । यस वर्ष यो चौथोपटक ठूलो असिना परेको हो । असिनाले खेतबारीमा लगाएका मकै, भित्र्याउन तयार भएको गहुँबाली, फलफूल र तरकारीमा ठूलो क्षति पुर्याएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए ।
उनका अनुसार यतिबेला फल लाग्न थालेको सुन्तलामा ठूलो नोक्सानी पुगेको छ । सुन्तलाको पकेट क्षेत्रको रुपमा रहेको पर्वतको देउपुरमा असिनाले धेरै क्षति पुर्याएको उनले बताए ।
पर्वतको जलजला र बागलुङको ताराखोला आलुखेतीको पकेट क्षेत्र हो । ती दुवै पालिकामा बर्खे आलुमा क्षति पुगेको छ । यस क्षेत्रका कृषकले खेतमा लगाएको मकै गोडिसकेका थिए भने बारीमा लगाएको मकै उम्रिएका थिए । खेतबारीकै मकैमा असिनाले असर पुर्याएको छ । त्यस्तै बर्खे तरकारीमा पनि नराम्रो गरी असिनाले हानेको कृषकले गुनासो गरेका छन् ।
झण्डै आधा घण्टाभन्दा बढी परेको असिनाका कारण मकै, फलफूल तरकारी पूरै नष्ट भएको मोदी गाउँपालिका वडा नं ८ चित्रेकी सुशीलादेवी गुरुङले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: