Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

लकडाउनका बेला पैदलयात्री मजदूरलाई खाना र यातायात व्यवस्था

बुटवल । कोभिड–१९ को संक्रमण रोक्न मुलुकमा जारी तेस्रो चरणको लकडाउनका बेला गन्तवयमा पुुग्न पैदल यात्रा गर्दै बुटवल आएका मजदूरको उद्धार गरिएको छ । कर्णाली र सुदूर पश्चिमका विभिन्न जिल्लाका १२० मजदूर ११ दिन लगाएर पैदलै हिंँडी सोमबार राति बुटवलसम्म आएका छन् ।

उनीहरुले नियमित मजदूरी गर्दै आएको ठाउँमा काम रोकिएको, दैनिक खर्च सकिएको र काम खुल्ने कुनै टुङ्गो नभएपछि सामूहिकरुपमा घर जान हिँंड्दा यहाँ आइपुगेका थिए । सोमबार राति करीब ९ बजे बुटवल आइपुगेका मजदूरलाई बुटवल उपमहानगरपालिकाले निःशुल्क खानाको व्यवस्था गरेको थियो । उनीहरुको राति नै स्वास्थ्य जाँच गरेर बसमा गन्तव्यसम्म पठाउने व्यवस्था मिलाइएको थियो

सोलुखुम्बुदेखि दोलखा, स्याङ्जा हुँदै उनीहरु बुटवलसम्म आइपुगेको राति सूचना पाएपछि उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले तत्कालै उनीहरु पुगेका स्थान वडा नं १ वडााध्यक्ष महेन्द्र लिगलसँग सम्पर्क गरेर खानाको व्यवस्थापन गर्न निर्देशन दिएका थिए । बुटवल–१ स्थित लायन्स आँखा अस्पताल परिसरमा उनीहरुलाई खाना खुवाउने प्रबन्ध मिलाइएको थियो । त्यहीँ नै उनीहरुको स्वास्थ्य जाँच गरेर तीन बसमा चढाएर पठाइएको थियो ।

पैदल आएका मजदूर दाङ, कैलाली, सुर्खेत, बर्दिया, कञ्चनपुर र डोटी घर भएका हुन् । उनीहरु सोलुखुम्बु, काठमाडौँ, काभ्रेपलाञ्चोक र नारायणघाटमा विभिन्न क्षेत्रमा मजदूरी गर्दै आएको बताएका छन् । उनीहरु पैदल यात्राका क्रममा बुटवलमा भेटिएका थिए ।

पैदलयात्री सबैलाई खाना खुवाएर, स्वास्थ्य जाँच गरेपछि घरसम्म पुर्याउन यातायातको समेत व्यवस्था मिलाइएको उपमहानगरपालिका प्रमुख सुवेदीले बताए । लामो समयदेखि पैदल हिँडेको, कैयौंँ दिनसम्म खाना समेत खान नपाएको र बेखर्ची जस्तै बनेर हिँडेको देखेपछि खाना तथा यातायातको व्यवस्था मिलाइएको वडाध्यक्ष लिगलले बताए ।

बुटवलमा गरिएको परोपकारले घरैको जस्तो याद आएको र थकाइसमेत मेटिएको श्रमिक हरिबहादुर चन्दले दिए । बर्दिया घर भएका उनी साथीहरुसंँगै सोलुखुम्बुबाट हिंँडेर आएका थिए । काठमाडौँबाट हिँडेर आउनुभएका कञ्चनपुरका छोटेलाल चौधरी र रामकिशन राना तथा बैतडीका अमबहादुर अवस्थीले पनि बुटवलमा भएको व्यवस्थाले अहिलेसम्मको पीडा भुलेको बताए ।
मजदूरलाई बुटवलमा खाना खुवाएर गन्तव्यसम्मै पुर्याउन ब्यवस्था गरेर नगरपालिकाले राम्रो काम गरेको बटौली संरक्षण तथा सम्बद्र्धन समितिका संयोजक रवीन्द्रगोपाल लाकौलले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy