धादिङ । त्रिशूली सङ्लिएपछि नदीतर्फ मानिसको आकर्षण बढेको छ । कोभिड –१९ बाट बचाउन गरिएको बन्दाबन्दीपछि पर्यटकीय नदी त्रिशूली कञ्चन सङ्लो भएको छ ।
धमिलो भएर पर्यटक आउन छाडेको नदी नीलो देखिन थालेको छ । किनार जान नै अरुचि लाग्ने अवस्था भएको नदी कञ्चन भएकाले मानिसको आकर्षण बढ्न थालेको हो। नदी किनारमा माछा मार्न मानिसहरु कोही जाल हान्दै छन्, कोही बल्छी थाप्दैछन् । नदी किनारमा माछा मार्न खोज्नेको लस्करै देखिएको छ । तीन हप्ताको समयमै नदी सङ्लो हुने अवस्थामा छ । नदी किनारमा स्थापना गरिएका बालुवा धुने यन्त्र तथा क्रसर उद्योग, ढुंगाखानी आदि बन्द भएका कारण नदीले आफ्नो पुरानो स्वरुप लिएको हो ।
नदी सफा भएको मौका पाएपछि नदी छेउछाउमा बस्नेहरु माछा मार्ने मात्र होइन पौडी खेलेर मजा लिन थालेको तथा कसैले लुगा धुने गर्न थालेको महाकाली मावि कुम्पुरका शिक्षक जानुका रिजालको अनुभव छ । अवैध रुपमा सञ्चालित खानीले नदी प्रदूषित पारेर बाह्रै महिना धमिलो आउने अवस्था आएको थियो । बीस वर्षअघिदेखि नदी किनारमा उत्खनन शुरु भएको हो। शुरुका वर्षमा नदी धमिलो थिएन । नदीमा ठूला यन्त्र जान थालेपछि नदी धमिलिएको संरक्षणकर्मी उत्तम कँडेलको भनाइ छ ।
नदीलाई यसरी नै सङ्लो भएर बग्न दिने हो भने जलयात्रा गर्नेहरु बढ्ने छन्, होटेल व्यवसाय फस्टाउने छ । सांस्कृतिक, धार्मिक पर्यटनको समेत सम्भावना बोकेको त्रिशूली जोगाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताए । नदी छेउका सबै उद्योग हटाउनुपर्नेमा सबै गाउँपालिका तथा नगरपालिका क्षेत्रका मानिस एकमत छन् । उद्योग हटाएर राष्ट्र निर्माण गर्न नसकिने भएकाले बालुवा धोएर निस्केको पानी सफा पारेर मात्र नदीमा हाल्ने व्यवस्था मिलाउनुपर्नेमा संरक्षणकर्मीको माग छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: