धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरूलाई साढे छ अर्बभन्दा बढी रुपियाँ वित्तीय हस्तान्तरण गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय तहहरूलाई छ अर्ब ६० करोड रुपियाँ वित्तीय हस्तान्तरण गरेको हो। सरकारले समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानतर्फका शीर्षकमा उक्त रकम स्थानीय तहमा हस्तान्तरण गरेको जनाएको छ।
प्रदेश सरकारले समानीकरण अनुदानतर्फ ९१ करोड ८० लाख रुपियाँ वित्तीय हस्तान्तरण गरेको छ। यस्तै, स्थानीय तहबाट कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमका लागि सशर्त अनुदानतर्फ चार अर्ब ३७ करोड ८६ लाख रुपियाँ वित्तीय हस्तान्तरण गरिएको आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले जानकारी दिए। त्यसैगरी, समपूरक अनुदानतर्फ ८१ करोड ४४ लाख रुपैयाँ र विशेष अनुदानतर्फ ४९ करोड ५० लाख रुपियाँ स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरिएको छ।
विषयगत मन्त्रालयबाट प्रस्तावित सशर्त अनुदानअन्तर्गत विनियोजित कार्यक्रम तथा बजेट वित्तीय हस्तान्तरणको माध्यमबाट स्थानीय तहमा पठाउने व्यवस्था मिलाइएको मन्त्री धामीले बताए। सशर्त अनुदानका कार्यक्रम हस्तान्तरण तथा कार्यान्वयनसम्बन्धी व्यवस्था विनियोजन विधेयकमा गरिएको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८३ - १२:१८
काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...
आषाढ़ १० गते, २०८३ - १२:०१
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनका बेला गरेको मितव्ययिता, सुशासन र राज्यकोषको दुरुपयोग र...
आषाढ़ १० गते, २०८३ - ११:३२
काठमाडौँ। स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपियाँले घटेको छ भने चाँदी १०५ रुपियाँले घटेको छ । नेपाल...
आषाढ़ १० गते, २०८३ - १०:५७
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ । केन्द्रीय नि...
आषाढ़ १० गते, २०८३ - १०:४९
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरूलाई साढे छ अर्बभन्दा बढी रुपियाँ वित्तीय हस्तान्तरण गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...
आषाढ़ १० गते, २०८३ - १०:३६
नेपालगन्ज। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू पुन: तीन दिनका ला...
आषाढ़ १० गते, २०८३ - १०:१५
काठमाडौं। रास्वपाले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ। रास्वपाका अनुसार विदेशस्थित नेपाली सम्पर्क वि...
आषाढ़ ९ गते, २०८३ - १८:००
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...
आषाढ़ ९ गते, २०८३ - १७:५२
चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...
आषाढ़ ९ गते, २०८३ - १७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...



प्रतिकृया लेख्नुहोस्: