काठमाडौं । सरकारी आग्रह अनुसार १ प्रतिशत विन्दुले ब्याजदर घटाउने निर्णय गरेका बैंकहरूलाई भने यो निर्णयले ठूलो रकम नाफा हुने भएको छ। यसबाट २७ वटा वाणिज्य बैंकलाई मात्रै डेढ अर्ब रुपैयाँभन्दा बढी अतिरिक्त नाफा हुने भएको हो।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - कोरोना भाइरस संक्रमणका कारण शिथिल अर्थतन्त्रलाई टेवा दिन राष्ट्र बैंकले ब्याजदर घटाउने नीति अघि सारेको थियो।
नेपाल बैंकर्स संघका अनुसार गत पुस मसान्तमा २७ वाणिज्य बैंकसँग ३० खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप थियो। त्यसमध्ये झण्डै आधा अर्थात् ४९ प्रतिशत मुद्दति निक्षेप थियो।
नेपाली बैंकहरूले औसत ३ महिना अवधिको मुद्दति निक्षेप बढी लिएका छन्। जसका कारण सुरुको महिना करिब २० प्रतिशत मुद्दति निक्षेप परिपक्व हुने बैंकर्स बताउँछन्।
बैंकर्सका अनुसार नयाँ ब्याजदर नीतिले कुल निक्षेपको ६० प्रतिशत रकममा अब बैंकहरूले १ प्रतिशत कम ब्याज तिरे पुग्छ। त्यसबाट वाणिज्य बैंकहरूलाई मात्रै वैशाखमा १ अर्ब ५८ करोड रुपैयाँ अतिरिक्त नाफा प्राप्त हुनेछ।
बैंकर्सले कर्जाको ब्याज भने जेठ १ गतेबाट मात्रै घटाउने भनेका छन्। निक्षेपकर्तालाई तिर्नुपर्ने ब्याजदर वैशाखबाट घट्ने, ऋणीसँग लिने ब्याज जेठमा मात्रै घट्ने हुँदा बैंकहरूलाई यति ठूलो नाफा पुगेको हो।
विकास बैंक र वित्त कम्पनीले पनि यसरी नै नाफा आर्जन गर्नेछन्। तर, बैंकर्सले राष्ट्र बैंकको ब्याजदरसम्बन्धी नीतिका कारण यस्तो देखिएको बताए।
नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटबढ गर्दा आधारदर गणना गरेरमात्रै गर्नुपर्ने व्यवस्था गरेको छ। ‘हामीले वैशाखमा निक्षेपको ब्याजदर घटाउँदा वैशाख मसान्तमा मात्रै आधार दर कति घट्यो भन्ने तथ्यांक निकाल्न सक्छौं’, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘त्यसपछिमात्रै ऋणको ब्याजदर घटाउन पाइने भएकाले एक महिनाको अन्तर पर्न गएको हो।’
उनले निक्षेपको ब्याजदर घटाएकै दिनबाट कर्जाको ब्याज पनि घटाउने गरी राष्ट्र बैंकले बाटो खोलिदिए आफूहरू त्यसो गर्न तयार रहेको बताए। ‘तर, त्यसका लागि राष्ट्र बैंकले आधारदर अनुसार ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था संशोधन हुनुपर्छ’,उनले भने। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका दाहालले अर्को पटक ब्याजदर बढाउनुपर्दा यसरी नै बैंकलाई घाटा पर्ने जानकारी दिए।
‘भोलि बैंकमा पैसा अभाव भएर ब्याजदर बढाउनुपर्ने अवस्था आयो भने फेरि बैंकलाई यसरी नै एक महिनाको अतिरिक्त ब्याज घाटा हुन्छ’, दाहालले भने, ‘त्यसबेला समायोजन हुने भएकाले अहिलेको बचतलाई नाफा भन्न मिल्दैन।’ तर राष्ट्र बैंकका अधिकारी भने विगतमा बैंकहरूले पहिले ऋणको ब्याज बढाएर पछिमात्रै निक्षेपको ब्याज बढाएको बताउँछन्। ‘अब के गर्छन् थाहा छैन, तर यसअघि ब्याजदर बढ्दो क्रममा हुँदा पनि बैंकहरूले सुरुमा कर्जाको ब्याजदर बढाएर यसरी नै अतिरिक्त नाफा कमाएका थिए’, राष्ट्र बैंकका एक निर्देशक भन्छन्।
दाहाल भने यो संकटको समयमा बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्वलाई बढाइरहेको र ग्राहकलाई राहत दिन अग्रसर रहेको बताए। उनले आफूहरू होटेल, उड्डयनजस्ता कोरोना संकटबाट अतिप्रभावित क्षेत्रका ऋणीलाई आधारदरमै कर्जा दिनेबारे छलफल सुरु गरेको जानकारी दिए। ‘यस्तो बेला हामीले आफ्ना ग्राहकलाई शून्य नाफामा ऋण दिनुपर्छ भनेर छलफल सुरु गरेका छौं’, उनले भने।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: