काठमाडौं । सरकारको निर्देशनअनुसार आवश्यक परेको बेलामा उडान भर्न निजी हेलिकोप्टर सहमत भएका छन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - कोरोना समन्वय समितिले स्वाब परीक्षण, मेडिकल सामग्री, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लिएर आवश्यक परेको समयमा उडान भर्न निजी वायुसेवा सञ्चालक संघलाई निर्देशन दिएको थियो। समितिको निर्देशन बमोजिम पर्यटन मन्त्रालयले संघसँग छलफल गरेको र संघ सहयोग गर्न राजी भएको मन्त्रालयका सहसचिव बुद्घिसागर लामिछानेले जानकारी दिए।
अहिलेसम्म परिस्थिति नियन्त्रणमा रहेको भए पनि भविष्यमा कोरोना संक्रमण बढ्न गयो भने आवश्यक मेडिकल उडान भर्नका लागि निजी वायुसेवा कम्पनीलाई सरकारले निर्देशन दिएको हो। ‘आज वा भोलिका लागि यो निर्णय भएको होइन।
आवश्यक परेको बेलामा खडा रहन भनिएको हो। भोलिका दिनमा उक्त उडान आवश्यक नपर्न पनि सक्छ वा आवश्यक पर्न पनि सक्छन्’, लामिछाने भन्छन्। उपलब्ध सबै संयन्त्रलाई सुसूचित रहन आग्रह मात्रै गरिएको उनको भनाइ छ।
यता, वायुसेवा सञ्चालक संघले पनि सरकारको निर्देशन बमोजिम हेलिकप्टरहरूले उडान भर्न सक्ने भन्दै समितिलाई पत्राचार गरिसकेको प्रवक्ता योगराज कँडेल शर्माले बताए।
संघले १० वटा नै हेलिकप्टरलाई क्रम संख्याको आधारमा उडान भर्न सक्ने गरी समितिलाई पत्र पठाएको छ। जतिखेर इमर्जेन्सी हुन्छ र सरकारले उडानका लागि निर्देशन दिन्छ हेलिकप्टर उडान तयारी अवस्थामा रहेको शर्माले जानकारी दिए।
समितिको निर्देशनसँगै नेपाल उड्डयन प्राधिकरणले पनि सरकारलाई सहयोग गर्न निजी विमान कम्पनीलाई पत्राचार गरेको थियो।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: