Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

बारीमै कुहिँदै तरकारी, उपभोक्ता महँगोमा

चितवन । लामो समयमसम्म देशभर बन्दाबन्दी (लकडाउन) भइरहेका बेला यसको ठूलो असर तरकारी उत्पादक किसानलाई परेको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - बेमौसमी तरकारी उत्पादन गरेर आम्दानी गर्ने समयमा बन्दाबन्दीले किसानलाई प्रत्यक्ष प्रभाव पारेको छ ।

स्थानीय उत्पादनको उपयुक्त समय भए पनि बजारसम्म तरकारी नपुग्दा उत्पादक किसान लगानी डुब्ने र फलेको सामग्री कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा परेका छन् ।

बजारसम्म तरकारी लैजान नसक्दा बारीमा कुहिने अवस्था रहेको किसान बताउँछन् । तरकारीको माग राम्रै भए पनि बजार हुँदै उपभोक्तामाझ पुग्न नसक्दा यो अवस्था आएको हो । स्थानीय प्रशासनले तरकारी ढुवानी र वितरणमा कडाइ गर्दा आफ्नो तरकारी खेर गएको किसानको गुनासो छ ।

भरतपुर महानगरपालिका शुक्रनगरका किसान छविलाल न्यौपाने भन्छन्, ‘बारीमा फलेको तरकारी कसरी बिक्री गर्ने भन्ने चिन्ताले निन्द्रा लाग्दैन । यही समयमा गत वर्ष बेचेर भ्याइनभ्याई थियो । सामान्य अवस्थामा बारीबाटै एक सय रुपैयाँमा बिक्री हुने बोडी अहिले २० मा लैजान मुस्किल भएको छ ।’ उनले तनेबोडी, घिरौला, लौका, फर्सी लगाएका छन् । बोडी, लौका र घिरौला बिक्री भए पनि फर्सी बिक्री नहुँदा बारीमा नै सडेर गएको गुनासो गरे । ‘तरकारी बिक्री गर्ने गाडीलाई सहज जान दिने, बजारमा बिक्री खरिद गर्न दिने व्यवस्था नगरे हामी किसान ऋणमा डुबेर जाने छौँ’ उनले आफ्नो पीडा सुनाए ।

उपभोक्ताले खान नपाउने, किसानको बारीमा तरकारी सड्ने अवस्था छ । सुरक्षित तरिकाले किसानले उत्पादन गरेको सामग्री बिक्री गर्न दिने व्यवस्था प्रशासनले गर्नुपर्ने उनको भनाइ छ ।

भरतपुर महानगरपालिका–२६, खत्रौलीका किसान दीपक तिमिल्सिना आफ्नो बारीमा भएको तरकारी बिक्री नहुँदा चिन्ता थपिएको बताउँछन् । ‘स्थानीय बजारमा कम खपत हुन्छ, बजार लैजान पाएको छैन’ उनले भने ।

तिमिल्सिनाले ११ बिघामा तरकारी लगाएका छन् । अहिले उनको बारीमा गोलभेँडा, बोडी, घिउ सिमी बिक्रीका लागि तयारी अवस्थामा छन् । लकडाउनअघि तरकारीको सहज आपूर्ति भए पनि अहिले तरकारी बिक्री ठप्पजस्तै भएको उनले बताए ।

तरकारी खेतीका लागि पकेट क्षेत्र मानिएको पश्चिम चितवनमा ढुवानी सहज नहुंँदा र उपभोक्ताको घरमा सहजै पुग्न नसक्दा किसानको उत्पादन खेर गएको हो । भरतपुर महानगरपालिका २५ का अर्का किसान अनुप सुवेदीले १५ बिघामा तरकारी लगाएका छन् तर बजारसम्म पुर्‍याउन नपाउंँदा समस्या भएको उहाँ बताउँछन् ।

स्थानीय उत्पादनका लागि ढुवानी सहज नभए पनि दैनिक दर्जनौँ ट्रक तरकारी भारतबाट आइरहेका छन् । स्थानीय उत्पादनले बजार नपाउँदा सरकारले भारतीय तरकारी गाडीलाई रोक लगाउनुपर्ने किसानको भनाई छ ।

महानगर तरकारी तथा फलफूल बजार नारायणगढका निर्देशक थीरप्रसाद धिताल तरकारीको माग उच्च भए पनि बजारै बन्द हुँदा किसानले थप घाटा बेहोर्नुपरेको बताउँछन् । चैत १८ गतेसम्म त तरकारी बजार खुलाएका थियौँ, उहाँले भन्नुभयो, भीड बढी भएका कारण पूर्ण रूपमा प्रशासनले बन्द गरिदियो ।

तरकारी आपूर्ति र वितरण उच्च सावधानीका साथ सुचारु गर्नुपर्ने धितालले बताए । यहाँको तरकारी तथा फलफूल बजारबाट काठमाडौं, बुटवल, पोखरा, तनहुँलगायत जिल्लामा आपूर्ति हुने गरेको छ । यहाँ स्थानीय तरकारी दैनिक ७५ टन, बाह्य जिल्लाबाट ५० टन र भारतबाट ७५ टन बराबरको आपूर्ति हुने गरेको धितालको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE