काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका एकै परिवारका सदस्यहरू फागुन ५ गते बेलायत गएका थिए। एक महिनाको बेलायत बसाइपछि उनीहरू चैत्र ५ (मार्च-१८) गते बिहान कतार एयरको क्युआर ६४४ नम्बरको उडानबाट काठमाडौं आएका हुन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - यो जहाजबाट नेपाल फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि अन्य यात्रुहरूको खोजी सुरु भएको छ। बेलायतबाट फर्किएका मध्ये २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
अन्य एकजनामा कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरू एकै परिवारका सदस्य हुन्। र्यापिड टेस्ट किटबाट गरिएको परीक्षणमा सोमबार तीनजनामा नै कोरोना भाइरसको संक्रमण देखिएको थियो। त्यसलगत्तै तीनैजनालाई थप परीक्षणका लागि पाटन अस्पताल लगिएको थियो।
पाटन अस्पतालमा उनीहरूको थ्रोट स्वाब परीक्षण गर्दा ८१ वर्षीया बृद्धा र ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ।
उनीहरू कतार एयरमा इकोनोमी क्लासको २६ डी, २६ इ र २६ एफ नम्बरको सीटमा बसेका थिए। उडानमा सम्मिलित सदस्यबाहेक उक्त जहाजमा १ सय ५३ जना यात्रु थिए। जसमा ४ जना भुटानका र १ जना पकिस्तानी नागरिक थिए। बाँकी १ सय ४८ जना नेपाली नागरिक सवार थिए। कतार एयरमा सवार भुटान र पाकिस्तानका नागरिकहरू खोज्न हम्मे पर्ने देखिएको छ। अन्य १ सय ४८ जना नेपालीहरू समेत तितरवितर भइसकेका छन्।
सो जहाजका यात्रु सबै ५ गते बिहान साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका थिए। ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका एक बृद्धा र अर्का एक पुरुषलाई कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरिसकेको छ।
उनीहरू आमा९छोरा भएको बताइएको छ। अर्की एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छैन। कतार एयरको क्युआर ६४४ बाट काठमाडांै आएका दुईजनामा कोरोना संक्रमण देखिएपछि उक्त जहाजमा सवार अन्य यात्रुको अवस्था के छ भन्ने चिन्ता छाएको छ।
पर्यटक भिसामा उनीहरू बेलायत गएका थिए। काठमाडौं आउने क्रममा नै उनीहरू सामान्य ज्वरो र खोकीबाट संक्रमित भएको स्रोतले बताएको छ।
बेलायतबाट फर्किएपछि पेप्सीकोलास्थित सनसीटी अपार्टमेन्टमा बस्दै आएका उनीहरूको सोमबार कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको थियो।
उक्त विमानमा सवार अन्य यात्रुसमेत शंकाको घेरामा तानिएका छन्। ‘सो विमानमा सवार अन्य सबै यात्रुको पहिचान गरेर स्वास्थ्य परीक्षण गर्नुपर्छ’, एक चिकित्सकले भने, ‘सो जहाजबाट फर्किएकाहरूलाई नखोज्ने हो भने भयावह अवस्था आउनसक्छ। ती सबैलाई क्वारेन्टाइमा राख्नुपर्ने हुनसक्छ।’
यात्रुको नाम र ठेगानाका आधारमा स्थानीय तहमा तत्काल उनीहरूको विवरण जानकारी गराउनु पर्ने देखिएको छ। क्युआर ६ सय ४४ नम्बरको उडानबाट फर्किकाहरू आफन्त र साथीभाइसँग घुलमिल भइसकेका छन्।
सनसीटी अपार्टमेन्टका बासिन्दाहरूको मात्र नभइ उक्त जहाजबाट नेपाल आउने र उनीहरूको अन्य कनेक्सनमा रहेका व्यक्तिको पहिचान गर्नु पर्ने देखिएको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: