बागलुङ । आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ । बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ । त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्, चिया खाजाको लागि छुट्टै प्रबन्ध छ । चिया र तातोपानीका लागि वार्डमा विद्युतीय भाँडाको व्यवस्था छ । गत चैत १५ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि धवलागिरि अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी नेपालकै पाँचौँ सङ्क्रमित छिन् ।
“बिहान उठेर रुममा राखिदिएको खाजा र चियासँग खाएँ, निको हुँदै छु । “म सञ्चै छु, बरु तपाईँहरुलाई कस्तो छ”, यी युवती भन्छिन्, “अबको रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउँछु होला १”
झण्डै दुईसाता पुग्न लागेको आइसोलेसन बसाईँबारे जिज्ञासा राख्दा युवतीले भने, “पछिल्लोपटक जाँच्न लगेको रिपोर्ट आएको छैन, हेरौँ के हुन्छ ।” स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको उहाँहरु दुवैको परीक्षण रिपोर्ट भने पोजेटिभ नै आएको अस्पताल बताउँछ ।
गत चैत २० गते कोरोना सङ्क्रमणको पुष्टि भएकी बानपा–३ गौडाकोटकी ६५ वर्षीया महिलाको दैनिकी पनि यसरी नै बित्ने गर्छ । उनले पनि एउटै जवाफ दिइन्, “रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउँछु कि १ अरु त केही समस्या आएको छैन, खाजा–खाना ल्याइदिनुहुन्छ, खाएकी छु । आत्तिएकी छैन ।” उनी नेपालकै छैटौँ सङ्क्रमित महिला छिन् । सङ्क्रमित दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरु आफँैमा पनि दह्रो आत्मबलका साथ आइसोलेसनमा बसेको अस्पतालका डा पोखरेलले बताए । “हामीले दिएको खानुभएको छ, समस्या केही छैन”, उनले भनिन् “आमाको बेला–बेलामा रक्तचाप बढ्ने गरेको छ तर कोरोनासँग सम्बन्धित ‘सिमटम’ केही पनि छैन ।”
खाना, पानी र औषधि उपचारमा उनीहरुको कुनै गुनासो छैन । एक्लोपनको महसुस हुन नदिन उहाँहरुलाई मोबाइल फोन प्रयोग गर्न पाउने व्यवस्था छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेल भन्छन्, “प्रक्रियागत हिसाबले नै उनीहरुलाई अस्पतालले नतिजाको विषयमा जानकारी गराउँछ ।” चिकित्सकका अनुसार अब स्वाब लिने बेलामा मात्रै उनीहरुलाई पहिलो रिपोर्टको नतिजा जान्कारी गराइने छ ।
चिकित्सकले बेलाबेलामा फोनमार्फत स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिने गरेको पोखरेलले बताए। “समयमा खाना र सोधपुछ हुन्छ, अरु बेला पनि केही खान मन लाग्ला भनेर बिस्कुट उनीरु भएकै ठाउँमा व्यवस्था गरिएको छ”, डा पोखरेल भन्छन्।
उहाँहरुले खानामा आवश्यकताअनुसार शाकाहारी र मासु अण्डाको परिकारसमेत खाने गरेका छन् । आइसोलेसनमा रहेका दुवै जनाको हेरचाह र औषधोपचारका लागि अस्पतालले पालैपालो अस्पतालका ३० नर्स र चिकित्सक खटाउने गरेको छ । सबै चिकित्सक बिरामीको नजिक पुग्दा उहाँहरुमा सन्तुष्टि हुने गरेको अनुभूति चिकित्सकहरु बताउँछन् ।
“उपचाररत बिरामीको अवस्था स्थिर छ, नयाँ केही भेटिएको छैन”, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ भन्छन्, “बागलुङमा आत्तिनुपर्ने अवस्था छैन, ढुक्क हुन भने मिल्दैन ।”
बागलुङ नगरपालिकामा दुईजना कोरोना सङ्क्रमित पुष्टि भएपछि नगरपालिकाले थप सतकर्ता अपनाउँदै लकडाउनको पालना गर्न नगरवासीमा अनुरोध गरेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: