Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

त्रिभुवन राजपथको नौबिसे पिप्लामोड सडक मर्मतसम्भार शुरु

चितवन । कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले मुलुकभरको जनजीवन ठप्प छ । अधिकांश सर्वसाधारण घरमै दिन बिताइरहेका छन् । अत्यावश्यक बाहेकका सवारीसाधन नचल्दा सर्वसाधारणको दैनिकी निकै प्रभावित भइरहेको छ । तर, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को केही सकारात्मक प्रभाव पनि देखिन थालेको छ ।

लकडाउनकै कारणले सवारीको अत्याधिक चापले भरिभराउ जस्तै हुने त्रिभुवन राजपथ अहिले शान्त र आर्कषक देखिन थालेको छ । यस अघि अत्याधिक सवारी चापको कारणले सडक मर्मतसम्भार गर्न नसकिएको त्रिभुवन राजपथको नौबिसे पिप्लामोड सडकको मर्मतसम्भारको काम अहिले थालिएको छ । लकडाउनको समयमा अत्यावश्यक बाहेकका सवारी साधन नगुड्ने भएपछि सो सडकको मोड सुधारको काम थालिएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. कृष्णराज अधिकारीका अनुसार दुई दिन अघिबाट घुम्तीहरुमा मोड सुधारको काम थालिएको छ । सो सडक खण्डको १० किलोमिटर क्षेत्रमा माथिल्लो तहमा कालोपत्र (ओभरले) गर्ने तयारी गरिएको छ । कालोपत्रेका लागि अलकत्रा घोल्ने मेसिन (प्लान्ट) लगिसकिएको छ । प्रमुख अधिकारीले ठेकेदार कम्पनीले ओभरलेका लागि तयारी गरिरहेको जानकारी दिए । सो सडक सात मिटर फराकिलो रहेको छ । लकडाउनको समयमा काम गर्न पाएमा दुई साता भित्रमा सबै काम सम्पन्न हुने उनको भनाइ छ ।

गएको दशैं अगाडी एकतर्फी सडक रोकेर मर्मत गर्दा सवारी जाम अत्याधिक भएपछि काम गर्न सकिएको थिएन । प्रमुख अधिकारीले भने, “असोजको ५ गते सम्म दिउँसोमा केही समय एक तर्फी सवारी रोकेर काम गर्दा अत्यधिक सवारी जाम भएपछि काम स्थगन गरेका थियौं ।” सो सडकखण्ड राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाका हो ।

यो क्षेत्रमा साँघुरो, उकालो र नागबेली सडक भएकाले सवारी जाम अत्यधिक हुने गर्दछ । सवारी साधनहरु सञ्चालन भएको समयमा काम गर्न निकै कठिन हुने गरेकाले लकडाउनको अवसरलाई उपयोग गर्न लागिएको हो । डिभिजन सडक कार्यालयले लकडाउनलाई उपयोग गर्दै पृथ्वी राजमार्गमा रोड मार्कीङ्को काम पनि शुरु गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: