Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

लकडाउनको कारण रगत अभाव भएपछि सङ्कलन गर्न थालियो

ललितपुर । मुलुकभर जारी लकडाउनका कारण रगतको अभाव भएपछि श्रीमहालक्ष्मी नगरपालिकास्थित लामाटारमा १३५ पिन्ट रगत सङ्कलन गरिएको छ । उक्त वडा कार्यालयको विपद् व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी लामाटार उपशाखाको संंयोजनमा आज आयोजित कार्यक्रममा २९ महिला र १०६ पुरुषले रक्तदान गरेको उपशाखाका पूर्व सभापति तथा वर्तमान जिल्ला उपसभापति दीपक गौतमले जानकारी दिए ।

उक्त वडा वडा कार्यालय तथा स्थानीय आठ सहकारी संस्थाले रक्तदान कार्यक्रमका लागि आर्थिक सहयोग गर्नुका साथै रक्तदातामा सामाजिक दूरी कायम गराउन स्वयंसेवकसमेत उपलब्ध गराएका थिए । ललितपुरमा दैनिक ३५ पिन्ट रगत आवश्यक भएपनि लकडाउनका कारण रगत अभाव हुन थालेको थियो । हाल यहाँ दैनिक १८ पिन्टसम्म रगत सङ्कलन हुँदै आएको र केन्द्रीय कार्यालयले पनि सङ्कलनका लागि आग्रह गरेकाले शिविर नै खडा गरेर रगत सङ्कलन गर्न थालिएको रेडक्रसका जिल्ला सभापति बाबुराजा महर्जनले बताए ।

रगत सङ्कलन, कोरोना भाइरस संक्रमण फैलन नदिन क्वारेन्टाइन व्यवस्था, खानेपानी, सरसफाइलगायत सेवामूलक कार्यका लागि जिल्ला र नगरपालिकामा रेडक्रसको जिल्ला कार्यालयका प्रतिनिधि र वडास्तरमा उपशाखाका प्रतिनिधिलाई समन्वय पठाएको उनले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy