Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

लकडाउनमा पनि रोकिएन पूर्वाधार निर्माण, डेढ सय आयोजनाको काम जारी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा मापदण्ड पूरा गर्दै सडक र पुलसँग सम्बन्धित डेढ सयभन्दा बढी आयोजनाको काम अगाडि बढाइएको सडक विभागले जनाएको छ ।

विभागका महानिर्देशक केशवकुमार शर्माले भने, ‘कोरोना महामारी नभएको भए अहिले मुलुकभरि तीन हजार आयोजनाको काम तीव्र गतिमा भइरहेको हुन्थ्यो ।’

कोरोना सङ्क्रमण फैलिन नदिन सरकारबाट भएका निर्देशनहरूलाई पूर्ण पालना गर्दै अहिले मुलुकभरि सडक र पुलसँग सम्बन्धित डेढ सय आयोजनाको काम सुरु गरिएको छ । शर्माले भने, ‘काममा खटिने जनशक्तिको स्वास्थ्यको पूर्णरूपमा ख्याल गर्दै काम अगाडि बढाइएको छ ।’ डेढ सय आयोजनामध्ये ६० वटा पुल र बाँकी सडक रहेको उनले बताए ।

उनले भने, ‘अहिले काम गरिने ठाउँमा निर्माण सामग्री र जनशक्ति उपलब्ध भएका आयोजनाहरूलाई नै प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ, अहिले काम भइरहेका आयोजनाहरूमा करिब तीन हजार जनशक्ति विभिन्न आयोजनामा संलग्न छन् ।’ बन्दाबन्दी सुरु हुनुअघि करिब ३० हजार जनशक्ति सडक र पुल निर्माणमा कार्यरत थिए ।

कुनकुन ठाउँमा काम जारी ?

सडक विभागका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे पुल, टाँडी खोला पुल, धादिङ र नुवाकोट जोड्ने कोल्पु खोला पुल, गल्छी–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डका पुलहरूको काम भइरहेका छन् ।

त्यसैगरी नुवाकोटमा त्रिशूली नदी पुल, धादिङस्थित त्रिशूली नदीको पुल, जुम्लामा घट्टे खोला पुल, डोटीमा रडुवा खोला पुल, सेती खोला पुल, तामाकोसी नदी पुल निर्माणको काम भइरहेका छन् । त्यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्की–अत्तरिया खण्ड, त्रिभुवन राजमार्ग अन्तर्गत हेटौँडा–भैँसे–लामिडाँडा खण्ड, कोसी राजमार्ग अन्तर्गत देउराली–मुढे खण्ड, कोसी करिडोरको खाँदबारी खण्डसहित कान्ति लोकपथमा काम भइरहेको विभागले जनाएको छ ।

निर्माण अनुमति माग

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बन्दाबन्दीका कारण काम अवरोध भएका केही सडक र सुरुङ मार्गको काम अगाडि बढाउन अनुमति माग गरिएको जानकारी महानिर्देशक शर्माले दिए ।

उनले भने, ‘बन्दाबन्दीकै कारण अवरोध भएका ६३ वटा पुलसहित केही सडक र सुरुङ मार्गको काम सुरु गर्न कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिसँग औपचारिक रूपमै अनुमति माग गरिएको छ, अनुमति आउनेबित्तिकै सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा काम अगाडि बढाइने छ ।’

उनका अनुसार मुलुकभरि विभिन्न ६० वटा पुल, राजधानीमा चाबहिल–साँखु सडक खण्डका साथै थानकोट–नौबिसे र टोखा–छहरे सुरुङ मार्गको निर्माण कार्यलाई अगाडि बढाउन सो समितिसँग अनुमति माग गरिएको हो । त्यसैगरी मदन भण्डारी र मध्य पहाडी राजमार्गका विभिन्न खण्डका साथै काठमाडौं उपत्यकामा कालोपत्रे (ओभर–ले) गर्न बाँकी रहेका सडकहरूको काम अगाडि बढाउन अनुमति माग गरिएको छ । उपत्यकामा कुल ८० किलोमिटर कालोपत्रे गर्नुपर्नेमा अहिलेसम्म ५५ किलोमिटरको काम सम्पन्न भइसकेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending