कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड –१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि अत्यावश्यकीय सवारी सञ्चालन अनुमतिका लागि आजदेखि विद्युतीय अनुमतिपत्र (इ–पास)को व्यवस्था गरेको छ ।
सवारी पासका लागि प्रशासनमा हुने बढ्दो भीडभाड अन्त्य गरी घरमै बसेर समेत अत्यावश्यक भएकाहरुका लागि सहज रुपमा सवारी अनुमति प्रदान गर्नका लागि इ–पासको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।
वेव साइट खोलेर वा मोवाइलको म्यासेज बक्समा गएर १११२ मा जुनसुकै कोड टाइप गरी एसएमएस गर्दा म्यासेज इनबक्समा आउने लिङ्क खोली पासका लागि आवश्यक विवरण, परिचयपत्र, सवारी साधनको विवरण अपलोड गरी पेश गर्न सकिने बताइएको छ ।
अनलाइन फारम पेश भइसकेपछि जिल्ला प्रशासनले पास वितरण मापदण्डको आधारमा पास दिने नदिने निर्णय गर्ने र सोको जानकारी सम्वन्धित व्यक्तिको मोवाइलको म्यासेज बक्समा जानकारी दिइने कार्यालयले जनाएको छ । फारम स्वीकृत भएपछि प्राप्त हुने कोडमा उल्लेखित नम्वर र व्यहोरा नै सवारी पास हुने बताइएको छ ।
प्रशासनले अति आवश्यक सवारी साधनका लागि मात्र पास स्वीकृत गर्ने भएकाले अनावश्यक रुपमा अनलाइन दरखास्त नदिइ लकडाउनलाई प्रभावकारी बनाउने कार्यमा सहयोग पुर्याउन समेत जिल्लावासीमा आग्रह गरेको छ ।
एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाल सवारी, सञ्चारकर्मी,स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, प्रयोगशालामा कार्यरत प्राविधिक तथा अस्पतालका कर्मचारी, पशुपंक्षीको घाँस, पराल, दाना आदी ढुवानी गर्ने सवारी साधनहरुलाई अनुमति पत्र आवश्यक नपर्ने र सम्वन्धित संस्थाको परिचयपत्रका आधारमा सञ्चालन गर्न दिइएको प्रशासनले स्पष्ट पारेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: