Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

लकडाउनमा पनि भैरहवा नाकाबाट आपूर्ति नियमित

भैरहवा । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल–भारत दुवै देशमा लकडाउन भइरहँदा पनि स्थल नाकाबाट हुने आयात सहज रूपमा भइरहेको छ । यसबाट बजारमा अत्यावश्यक वस्तु र खाद्यान्न अभाव नभएको व्यवसायीले बताएका छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ - अत्यावश्यक वस्तुलगायत खाद्य पदार्थको आयात जारी रहँदा अभाव हुन नपाएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । यस्ता वस्तुको आयात गर्दा सुरक्षा उपाय अपनाउनु भने जरुरी रहेको उनको भनाइ छ ।

नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन आफूहरूले सहजीकरण गरिरहेको बताए । ‘हामीले स्थानीय सरकारसँग मिलेर सहजीकरण गरिरहेका छौँ र आपूर्ति व्यवस्था सहज बनाउन भूमिका खेलेका छौँ, जसले गर्दा बजारमा अहिलेसम्म अभाव हुन पाएको छैन ।’ उनले भने ।

देशको दोस्रो ठूलो भन्सार नाका बेलहिया हुँदै दिनहुँ दैनिक उपभोग्य वस्तुका साथै एलपी ग्यास, पेट्रोलियम पदार्थ, तयारी औषधि, औषधिका कच्चा पदार्थ, मेडिकल सामान, हरियो तरकारीजस्ता सामान नियमित रूपमा आइरहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईका अनुसार अहिले दैनिक सरदर २५ वटा एलपी ग्यासका बुलेट यो नाका हुँदै भित्रिरहेका छन् । त्यसैगरी चामल, अन्य खाद्यान्न, मेडिकल सामान, ताजा तरकारी, औषधि, औद्योगिक कच्चा सामग्रीजस्ता गरी करिब एक सय मालवाहक गाडी दैनिक भित्रिरहेको उनले बताए ।

खाद्यान्नलगायत अत्यावश्यक वस्तुको मात्रै आयात हुँदा राजस्व भने दैनिक साढे दुई करोडको हाराहारीमा मात्रै सङ्कलन भएको भट्टराईले बताए ।

नेपालतर्फ सामान लिएर आउने मालवाहक सवारीसाधनका चालक, सहचालकको सीमा नाकामै स्वास्थ्य परीक्षण गर्ने गरिएको र स्वास्थ्य समस्या देखिए भारततर्फ नै फिर्ता पठाउने गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।

प्रमुख भन्सार अधिकृत भट्टराईले अहिले आयातमा कुनै समस्या नरहेको तथा भारतमा पनि लकडाउन भए पनि सामान निर्वाध रूपमा आइरहेको र सीमा नाकामा कुनै समस्या भए तत्कालै दुवै देशका जिल्लाका प्रमुख प्रशासक, सुरक्षा निकाय बसेर समाधान खोज्ने गरिएको बताए ।

आयातका साथै सामान अनलोड गरी भारत फिर्ता जाने ट्रकको सहजीकरण भैरहवा भन्सार कार्यालयमा यातायात, सुरक्षालगायतको व्यवस्थापन हेरिरहेको संस्था ट्रान्स नेपाल फ्रेट सर्भिस प्रालि भैरहवाले गरिरहेको छ । ट्रान्स नेपाल भैरहवा शाखाका प्रमुख रवि पाख्रिनले आयात सहज तरिकाले भइरहेको बताए ।

विगतमा भन्दा केही कम भएको तर अत्यावश्यक वस्तु निरन्तर आइरहेको पाख्रिनले बताए । अन्य समयमा यो नाकाबाट दैनिक चारदेखि पाँच सयको हाराहारीमा मालवाहक गाडी भित्रिने गर्दछन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE