म्याग्दी । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन (बन्दाबन्दी)का कारण प्रभावित म्याग्दीका तीन हजार २०० परिवारलाई राहत वितरण गरिएको छ । छ वटा स्थानीय तहले वडा कार्यालयमार्फत हालसम्म तीन हजार २५९ विपन्न परिवारलाई राहत वितरण गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीका अनुसार वडा कार्यालयमार्फत दाल, चामल, नुन र तेलको प्याकेज बनाएर वितरण गरिएको हो ।
ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिक, विपन्न र सुकुम्बासीहरुलाई बन्दाबन्दीपछि आयस्रोत गुमेकाले भोकै बस्न नपरोस् भन्ने उद्देश्यले सरकारले खाद्यान्न उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । बेनी नगरपालिकाको १० वटा वडामा दुई हजार परिवार राहत वितरणका लागि छनौट भएकामा एक हजार १७० परिवारलाई उपलब्ध गराइसकिएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले जानकारी दिए । सदरमुकाम बेनी बजार, ज्यामरुककोट, सिंगा, पुलाचौर, घतान, अर्थुङ्गे र पात्लेखेतमा राहत वितरण भइसकेको छ । छ सय परिवारलाई राहत वितरणका लागि छनौट गरेको धवलागिरी गाउँपालिकाले २५७ परिवारलाई वितरण गरेको छ ।
यस्तै लुलाङ, मुदी, मल्कवाङ, मराङ र ताकममा राहत वितरण भएको छ । मुना र गुर्जामा वितरण गर्न बाँकी रहेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । मालिका गाउँपालिकामा ८८८ परिवारका तीन हजार ३४७ जनसङ्ख्याका लागि राहत वितरण गरिएको छ । एक हजार २०० बोरा चामल, ६७ बोरा नुन र ६१ बोरा दाल वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
मङ्गला गाउँपालिकाले ६१८ परिवार र रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले व्यक्तिगतरूपमा ३२६ परिवारलाई रु चार लाखको खाद्यान्न खरिद गरेर वितरण गरेका छन् । रघुगङ्गामा वडामार्फत राहतका लागि ६०० परिवारको सफारिस आएको नायव सुब्बा दयाराम पौडेलले बताए ।
अन्नपूर्ण गाउँपालिकाले ५०० परिवारलाई छनोट गरेर वडा कार्यालयमार्फत राहत वितरण गर्न शुरु गरेको प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकारी दिए । प्रतिपरिवार एक बोरा चामल, तीनदेखि चार केजी दाल, दुईदेखि तीन लिटर खाने तेल र तीन वटाका दरले हात धुने साबुन वितरण भइरहेको उनले बताए ।
कोरोना रोकथाम नियन्त्रण, व्यवस्थापन र राहतका लागि बेनी नगरपालिकाले रु ५० लाख, अन्नपूर्ण गाउँपालिकाले रु ७०सत्तरी लाख, रघुगङ्गा गाउँपालिकाले रु ३४ लाख, मङ्गला गाउँपालिकाले रु ३० लाख, मालिका गाउँपालिकाले रु २० लाख र धवलागिरि गाउँपालिकाले रु ५० लाख विनियोजन गरेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: