काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिका–२ ल्हाप्से गाउँ प्रवेशमा स्थानीयवासीले रोक लगाएका छन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि सरकारले दोस्रोपटक बन्दाबन्दी (लकडाउन)को समय थपेलगत्तै स्थानीय प्रशासनले जिल्लासीमा प्रवेशमा रोक लगाएपछि तेमाल ल्हाप्सेका युवाले गाउँ प्रवेशद्वारमा ढुङ्गाले छेकेर ‘बाटो बन्द छ’ लेखेका हुन् ।
अत्यावश्यक कामबाहेकका व्यक्तिलाई बाटो नखुलाइने ल्हाप्सेका युवाले बताए । स्थानीय युवाले गाउँ प्रवेशमा रोक लगाउन थालेपछि गाउँपालिकाले बिहीबार अन्य स्थानबाट कुनै पनि सामग्री ल्याउन रोक लगाउँदै आफ्नो क्षेत्र प्रवेशका सबै नाका बन्द गर्ने निर्णय गर्यो। कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तह एवं वडासमेतले क्रमशः आफ्नो सीमा प्रवेशमा रोक लगाउने घोषणा गर्दैछन् । यद्यपि स्थानीय तहले अत्यावश्यक सामग्री खरीदका लागि स्थानीय पसल खुलाउने समयावधि भने तोकेका छन् ।
यसअघि पाँचखाल नगरले सरकारले पहिलोपटक बन्दाबन्दीको समय थपेलगत्तै गत चैत तेस्रोसाता नै एक वडाबाट अर्को वडा प्रवेशमा रोक लगाएको थियो । स्थानीय प्रशासनले जिल्लाका नाकामा कडाइ गरेपछि बेथानचोक गाउँपालिकाले आफ्नो क्षेत्र प्रवेशमा रोक लगाउँदै गाउँमा पाहुना आउन र बस्नसमेत बन्देज गर्यो । साथै गाउँपालिकाले एक वडाबाट अर्को वडामा जान नपाइने नियम पनि बनाएको छ ।
बाहिरबाट आउने माछामासु, फलफूल तथा तरकारीजन्य वस्तु गाउँपालिकाको सीमानाकाबाट ल्याउन पूर्णरूपमा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । उनले भने, “कारोना भाइरस पूर्णरूपमा नियन्त्रणमा नआउँदासम्म हामीले स्थानीय मठ–मन्दिर, धार्मिक एवं पर्यटकीय स्थलमा समेत आवतजावत गर्ने बाटो बन्द गरेका छौँ ।” वडा नं ४ र ५ को कार्यालयले स्थानीयवासीलाई वडा र गाउँबीच आवतजावत बन्द गरी ३/४ जनाको समूह बनाएर नबस्नसमेत आग्रह गरेको छ ।
पाँचखाल नगरप्रमुख महेश खरेलले कारोना भाइरसको सङ्क्रमणको उच्च जोखिम देखिएकाले सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि चैत तेस्रो सातादेखिनै वडा प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए । उनका अनुसार तरकारी, दूध, औषधि, तथा खेतबारीमा काम गर्नेबाहेकका व्यक्तिले एक वडाबाट अर्को वडा प्रवेश गर्न पाउने छैन । पाँचखाल नपा–६ का वडाध्यक्ष रामशरण दुलालले वडास्थित पसल र बासिन्दाको दैनिक निगरानी गरिरहेका छन् । मण्डनदेउपुर नगर र महाभारत गाउँपालिकाले भने हाल वडाप्रवेशमा रोक लगाई पाँच जना भेला हुन रोक लगाउने निर्णय गरेको छ ।
यसैबीच सरकारले दोस्रोपटक बन्दाबन्दीको समय थपेलगत्तै जिल्ला प्रशासनले जिल्लाबासीमा प्रवेशमा रोक लगाएपछि साँगालगायत जिल्लास्थित नाकाबाट हालसम्म करिब २०० पैदल यात्रुलाई फिर्ता पठाइएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्वारा जारी सूचनामा ‘जिल्लाभित्र अनावश्यकरूपमा हिँडडुल गर्ने व्यक्तिलाई सोही स्थानबाट नियन्त्रणमा लिइने, छिमेकी जिल्लाबाट पैदलबाट जिल्ला प्रवेश गर्नेलाई पूर्णरूपमा निषेध तथा अत्यावश्यक सेवाबाहकका सवारीलाई पूर्णरूपमा रोक लगाइएको’ जनाइएको छ ।
“लकडाउनलाई थप प्रभावकारी बनाउन हिजोदेखि हामीले जिल्लास्थित नाकाबाट प्रवेशमा कडाइ गरेका हौँ”, प्रजिअ तिमल्सिनाले भने । जिल्लास्थित प्रमुख नाका साँगा, दोलालघाट, हिगुवापाटी, मङ्गलटार र काभ्रेभञ्ज्याङमा बुधबारदेखि कडाइ गरिएको छ । साथै लकडाउन उल्लङ्घन गर्ने सवारी तथा नागरिकलाई सुरक्षाकर्मीले दैनिक जाँच गरी कारवाही गरिरहेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: