Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

भोटेकोशीले १ करोड २० लाखको कोष निर्माण गर्ने

मेलेम्ची । भोटेकोशी गाउँपालिकाले रु एक करोड २० लाखको प्रकोप व्यवस्थापन कोष निर्माण गर्ने भएको छ । बिहीबार बसेको गाउँकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । गाउँकार्यपालिकाको गत चैत १२ गते बसेको बैठकको निर्णयले नेपाल बङ्गलादेश बैंकमा स्थापना गरिएको प्रकोप व्यवस्थापन कोषमा नेपाल सरकारको निर्णयबमोजिम छ शीर्षकबाट बजेट रकमान्तर गरी उक्त कोष निर्माण गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार उक्त प्रकोप व्यवस्थापन कोषमा पदाधिकारी तथा कर्मचारी भ्रमण शीर्षकबाट रु १० लाख, खेलकुद, उत्सव तथा महोत्सव शीर्षकबाट रु १० लाख, एम्बुलेन्स खरिद शीर्षकबाट रु १० लाख, घुम्ती शिविर सञ्चालन कार्यक्रमबाट रु १० लाख, गुरुयोजना तथा डिपिआर तयार शीर्षकबाट रकमान्तर गरेर र प्रदेश सरकारबाट प्राप्त हुने रु १० लाख गरी रु एक करोड २० लाखको कोष निर्माण गरिने छ ।

यस्तै कार्यपालिका बैठकबाट सरकारले लागु गरेको लकडाउनको समयमा जीवनयापन गर्न कठिन भइरहेका असङ्गठित श्रमिक, अति विपन्न परिवार, अपाङ्ग, एकल महिला आदिको पहिचान गरी प्रतिपरिवार ३० केजी चामल दुई केजी दाल, दुई केजी नुन, दुई लिटर तेल, एक केजी मस्यौरा र दुई वटा साबुन वितरण गर्नेसमेत निर्णय भएको छ । राहत वितरणका लागि पालिकाले तयार गरेको इ–बिड प्रक्रियाबाट प्रतिस्पर्धा गराई खरिद गरिने छ ।

सरकारले यही वैशाख १५ गतेसम्मका लागि तय गरेको लकडाउनको पूर्ण पालना गर्न र गराउन पालिकाभित्रका अत्यावश्यक तरकारी तथा खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णयसमेत भएको पालिकाका प्रशासकीय अधिकृत मोहनप्रसाद निरौलाले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy