Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

मकैमा फौजी किराको प्रकोप, किसान चिन्तित

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप फैलिएको छ ।

केही सातायता फैलिएको फौजी किराको प्रकोपले वडा नं १ दिक्तेलस्थित नोभे र वडा नं ४ खाल्लेको बाँसबोटे र बाह्रबिसेलगायतका किसान चिन्तित बनेका हुन् ।

बाँसबोटे आसपासका ७० किसान र बाह्रबिसेका २० किसानले खेतमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखिएको खाल्लेका वडाध्यक्ष डिल्लीकुमार राईले बताए ।

यस्तै नोभेको करिब २५० रोपनीभन्दा बढी क्षेत्रमा लगाइएको मकैबालीसमेत फौजी किराले सखाप बनाएको किसानले बताएका छन् ।

नगरपालिकाको विभिन्न क्षेत्रमा फौजी किराको प्रकोप फैलिएको जानकारी आए पनि प्रभावित क्षेत्र र प्रभावित किसानको यकिन तथ्याङ्क आउन बाँकी रहेको कृषि प्रसार अधिकृत धर्मेन्द्र कलौनीले बताए । गोड्ने बेला भएको मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि किसान अन्योलमा परेका छन् ।

प्रभावित क्षेत्रको निरीक्षण गर्न तीन जनाको प्राविधिक टोली परिचालन गरिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए । ‘किसानले बाली लगाउन शुरु गरेलगत्तै फौजी किराको प्रकोप देखिन थालेको छ’, उनले भने, ‘नियन्त्रण गर्न विषादी खरिदका लागि सम्बन्धित निकायमा पहल थालेका छौँ ।’

ढाडमा पहेँलो तथा सेतो धर्सा देखिने धुस्रे किराले मकैको पातसँगै डाँठसमेत खाएर ठुट्टा बनाएको किसानले बताएका छन् । रातको समयमा सक्रिय हुने फौजी किराले आसपासको रुखपातसमेत सखाप पारेको किसानको भनाइ छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा गत वर्ष पनि फौजी किराको प्रकोप अधिकांश स्थानीय तहमा फैलिएको थियो । फौजी किराको असर गत वर्ष सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा सबैभन्दा बढी देखिएको थियो ।

खडेरीको समेत असर परेको उक्त नगरपालिकामा गत वर्ष फौजी किराले सबै प्रकारका बालीनाली सखाप पारेपछि यस वर्ष भोकमरी शुरु भएको छ । फौजी किराको प्रकोप तथा खडेरी प्रभावित स्थानीयवासीमा शुरु भएको भोकमरी नियन्त्रण गर्न नगरपालिकाले निःशुल्क खाद्यान्न उपलब्ध गराउँदै आएको छ ।

जिल्लाकै सबैभन्दा बढी प्रभावित भएको उक्त नगरपालिकाले राहत अनुदानअन्तर्गत रु एक करोड ४० लाख बजेट विनियोजन गरेर खाद्यान्न वितरण गरिरहेको जनाइएको छ । फौजी किराको प्रकोप तथा लामो समयको खडेरीका कारण अन्नबालीको बीउ राख्नसमेत नपाएका स्थानीय बासिन्दालाई नगरपालिकाले निःशुल्करूपमा मकैको बीउ पनि वितरण सुरु गरेको छ । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending