बैतडी । खाद्यान्न ढुवानी गर्ने भनेर सवारी पास लिएर मदिरा ओसारपसार ट्रकलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । ‘लकडाउन’का बेला पास लिएर मदिरा ढुवानी गरेको पाइएपछि प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको हो ।
कैलालीको धनगढीबाट मदिरा लिएर बैतडीको मैलाली बजार पुगेको अवस्थामा इलाका प्रहरी कार्यालय मेलौलीको टोलीले से१ख १५४९ नंको ट्रकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्रकबाट विभिन्न ब्राण्डका ४३ पेटी मदिरा बरामद गरिएको प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
ट्रक साहु उत्तमसिंह पुजारा र चालक रोशन पन्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यही वैशाख ४ गते धनगढीबाट खाद्यान्न ढुवानी गर्ने भन्दै मेलौली नगरपालिकाबाट गाडी धनीले पास लिएको बुझिएको छ । प्रहरी प्रमुख पाण्डेयले भने, “लकडाउनका बेला सवारी पासको दुरुपयोग गरेकाले गाडी धनी पुजारालाई कानूनअनुसार कारवाही हुन्छ ।”
घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक धनदेव जोशीको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले रातिको समयमा वैतडी भित्रिने मालवाहक सवारीलाई जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चेकपोष्टमा रोक्न खोज्दासमेत जबर्जस्ती गरेर राति नै चलाउन खोज्ने गरेको प्रहरीले जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: