खोटाङ । खोटाङसँग सिमाना जोडिएको उदयपुरमा कोभिड–१९ का सङ्क्रमित फेला परेपछि नाकामा कडाइ गरिएको छ । छिमेकी जिल्लामा शुक्रबार १२ जना कोरोना सङ्क्रमित एकैसाथ फेला परेसँगै खोटाङ र उदयपुर आवतजावत गर्ने कडाइ गरिएको हो ।
उदयपुर जिल्लासँगको सिधा आवतजावतका कारण खोटाङमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलने सम्भावना बढेकाले रसुवाघाट, फोक्सिङटार, बुवाँजोरघाट, धाप्लाङघाटलगायत दर्जन बढी नाकामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक शालिग्राम शर्मा पौडेलले बताए ।
“आवतजावतमा कडाइ गर्न उदयपुर र खोटाङ जोड्ने नाकामा प्रहरी परिचालन गरिएको छ”, उनले भने, “कोरोना भाइरस फैलिनसक्ने खतरालाई ध्यानमा राखेर केही दिन खाद्यान्न तथा तरकारी ढुवानीका साधनसमेत सञ्चालनमा रोक लगाइएको छ ।”
गम्भीर किसिमका बिरामीका लागि औषधि उपचारबाहेक अन्य काममा हुने सिधा आवतजावतमा कडाइ गरिएको प्रजिअ पौडेलले बताए । नाकामा हुने आवतजावतमा कडाइ गर्न माथिल्लो क्षेत्रमा रहेका प्रहरी चौकीका सुरक्षाकर्मीलाईसमेत परिचालन गर्ने तयारी गरिएको जनाइएको छ ।
राजधानी काठमाडौँलगायतका शहरबाट भित्रिने र बाहिरिने मुख्य नाकाका रुपमा रहेको जयरामघाटमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । यसबाहेक उदयपुरको सिमाना नजिक पर्ने रेग्मिटार, रमाइलो, रसुवाघाट, चमेरेघाट, बङ्शिलाघाट, कम्पुघाट, धाप्लाङघाटलगायतमा स्थानीय प्रहरी चौकीबाट टोली परिचालन गरिएको जनाइएको छ ।
छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमित फेला परेसँगै खोटाङमा पनि सङ्क्रमण फैलिन सक्ने त्रास बढेको छ । छिमेकी जिल्लामा कोरोना सङ्क्रमित फेला परेसँगै हलेसी तुवाचुङ नगरपालिकाले उदयपुरसँगको नाकामा हुने आवतजावतमा रोक लगाउन सबै वडा कार्यालयलाई निर्देशन दिएको छ ।
छिमेकी जिल्ला प्रवेश गर्ने नाकासँगै एउटा वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नसमेत रोक लगाउन प्रत्येक वडालाई पत्राचार गरिएको नगरप्रमुख इवन राईले बताए । यसैबीच हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न कामका सिलसिलामा जिल्लाभन्दा बाहिर गएर बसिरहेका अवस्थामा गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका नगरवासीलाई घरसम्म ल्याउने भएको छ ।
नगरपालिकामा गठित कोभिड–१९ रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले विभिन्न कामका सिलसिलामा काठमाडौँ, विराटनगरलगायतका ठाउँमा पुगेको अवस्थामा ‘लकडाउन’ हुँदा मारमा परेका नगरवासीलाई सङ्घीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरेर घर ल्याउने तयारी थालेको हो ।
अहिले बसिरहेको ठाउँमा आयमूलक काम गर्न नपाएको तथा घर आउन पनि नपाएको गुनासो आएकाले उनीहरुलाई नगरपालिकाले घरसम्म ल्याएर होम क्वारेन्टाइनमा राख्ने तयारी गरिएको नगर प्रमुख राईले बताए ।
दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमित भेटिएका छैनन् । विदेशबाट फर्किएका ५५ जनामा गरिएको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट ‘नेगेटिभ’ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: