Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

नेपाल–भारत सीमानाकामा सिसीटिभी जडान गर्ने

धनुषा । प्रदेश नं २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सिसीटिभी जडान गर्न लागेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले सो जानकारी गराउँदै भने, “नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडानका लागि करिब रु पाँच करोड खर्च हुनेछ । सीमामा कडा निगरानीका लागि यो कदम उठाउन लागिएको हो ।”

भारतसँग जोडिएको खुल्ला सीमाका कारण भारतबाट रातिराति लुकीछिपी मानिस नेपाल छिर्ने गरेको र त्यसले गर्दा कोरोना सङ्क्रमण रोकथाममा झन कठिनाइ भएको भन्दै सिसीटिभी क्यामेरा अर्को विकल्पका रुपमा अघि सारिएको बताए । यस्तै, सीमानाकामा निगरानी बढाउनका लागि सुरक्षाकर्मीलाई १०० साइकल दिने तयारीमा समेत प्रदेश सरकार जुटेको मन्त्री कुशवाहाले जानकारी दिए।

एक हजार दुई सय ६५ क्वारेन्टाइनमा

प्रदेश नं २ मा शनिबार दिउँसोसम्म कोरोना भाइरस शङ्कास्पद ५५१ जनामा गरिएको स्वाब परीक्षणमा ५१२ जनाको रिपोर्ट निगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालामा परीक्षण गरिएका मध्ये ३५ जनाको रिपोर्ट आउन बाँकी छ । चारजनाको रिपोर्ट यसअघि नै पोजेटिभ आइसकेको छ । शनिबार मात्रै दिउँसोसम्म छजनाको स्वाब सङ्कलन गरिएको छ ।

त्यसैगरी आरडिटी किटबाट परीक्षणका लागि शनिबारसम्म एक हजार ८२२ जनाको स्याम्पल सङ्कलनमा एक हजार ८१९ जनाको रिपोर्ट निगेटिभ आएको छ भने तीनजनाको रिपोर्ट पोजेटिभ यसअघि नै देखाइसकेको छ । प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार मात्रै दिउँसोसम्म प्रदेशका आठवटै जिल्लाबाट ९४० जनाको आरडिटी सङ्कलन गरिएको हो ।

हालसम्म पर्सा जिल्लाबाट सबभन्दा बढी ९२३ जनाको आरडिटी परीक्षण गरिएको छ जसमध्ये पोजेटिभ अहिलेसम्म नदेखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसैगरी सप्तरी जिल्लाबाट २८७ जनामा गरिएको परीक्षणमा दुईजनामा पोजेटिभ, सर्लाहीबाट ५४ जनामध्ये एकजनाको पोजेटिभ रिपोर्ट आरडिटीमा देखाएको छ ।

सिरहाबाट ११०, धनुषा र महोत्तरीबाट ५४र५४, रौतहटबाट २७८ र बाराबाट ६२ जनाको आरडिटी परीक्षण गरिएकामा सबैको रिपोर्ट निगेटिभ आएको छ । आरडिटी परीक्षणमा पोजेटिभ देखाइएकाको पुनः स्वाब परीक्षण गरिनेछ, त्यसमा पोजेटिभ देखिएपछि मात्रै आधिकारिक पुष्टि हुने प्रादेशिक अस्पताल जनकपुर प्रयोगशालाले जनाएको छ ।

त्यसैगरी प्रदेश नं २ भरिका १७१ वटा क्वारेन्टाइनमा एक हजार २६५ जना क्वारेन्टाइनमा रहेका छन् भने एक हजार ६७७ जना होम क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा हरिशचन्द्र यादवले जानकारी दिनुभयो । डा यादवका अनुसार सप्तरीमा ५८७ श्ययाको ३२ वटा, सिरहामा २५८ श्ययाको १७, धनुषामा ३६२ श्ययाको १७, महोत्तरीमा ३८८ श्ययाको १९, सर्लाहीमा ४१७ श्ययाको ३७, रौतहटमा ७०५ श्ययाको १६, बारामा ४०४ श्ययाको १७ र पर्सामा ४८८ श्ययाको १६ वटा क्वारेन्टाइन हालसम्म निर्माण भइसकेको छ ।

प्रदेशका आठवटै जिल्लामा २२० श्ययासहितको आइसोलेशन वार्ड निर्माण भइसकेको छ । जसमध्ये सप्तरीमा १३, सिरहामा ४१, धनुषामा १२, महोत्तरीमा २६, सर्लाहीमा १५, रौतहटमा ३५, बारामा ४८ र पर्सामा ३० श्ययासहित आइसोलेशन वार्ड निर्माण गरिएको छ । तीमध्ये सिरहामा चार, धनुषामा चार, बारामा दुई र पर्सामा चारजना गरी प्रदेशभरिमा जम्मा १४ जना आइसोलेशन वार्डमा भर्ना भएको अवस्थामा रहेको निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies