Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

कोरोनाबारे अफवाह फैलाउने एक युट्युबर पक्राउ

मङ्गलबारे । इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकृत हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । शुक्रबार लिम्बूले बिब्ल्याँटेका कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि जिल्लावासीमा आतङ्क मच्चिएको थियो ।

लिम्बूले फेसबुकमा ‘इलामको बिब्ल्याँटेमा एक जना कोरोना सङ्क्रमित फेला, अबचाहिँ बाँच्ने आसै मरिसक्यो’ भनेर पोष्ट गरेका थिए । गलत सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका कारण स्थानीयवासीमा समेत त्रास पैदा भएको थियो ।

सोही कारण लिम्बूलाई शनिबार जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रण लिई सोधपुछ गरिरहेको बताइएको छ । साथै गलत सूचना सम्प्रेक्षण नगर्न र जिल्लामा हालसम्म यस्ता सङ्क्रमित फेला नपरेको भन्दै ढुक्क भएर लकडाउनको पालना गर्नसमेत जिल्ला प्रहरी कार्यालय इलामले आग्रह गरेको छ ।

कोरोना कोषमा जिल्ला समन्वय समितिका पदाधिकारीको सहयोग

खोटाङ स् जिल्ला समन्वय समिति खोटाङका पदाधिकारीले आफ्नो सेवा सुविधावापतको रकम ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, उपप्रमुख गोमादेवी खत्री र अन्य सात सदस्यले आफ्नो सेवासुविधावापतको रु एक लाख पाँच हजार रकम प्रदेश सरकारको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका हुन् ।

जिसस प्रमुख चाम्लिङले चैत महिनाको १५ दिनको रु २२ हजार र उपप्रमुख खत्रीले १५ दिनको रु २२ हजार ५०० तथा अन्य सात सदस्यले १२ दिनको रु आठ÷आठ हजारका दरले कोषमा रकम जम्मा गरेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा जुटेको प्रदेश सरकारको अभियानमा सघाउ पुर्याउन सेवासुविधावापतको रकम जम्मा गरिएको प्रमुख चाम्लिङले बताए ।

सेवासुविधावापतको रकम प्रदेश नं १ जनसुरक्षा कोषको नाममा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय विराटनगरमा खोलिएको खातामा जम्मा गरिएको जनाइएको छ । जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधिले पनि आफूले राज्यबाट पाएको सेवासुविधावापतको रकम कोषमा जम्मा गरिरहेका छन् । यसअघि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले एक महिनाको सुविधा जम्मा गर्ने घोषणा गरेका थिए । त्यसयता जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिले धमाधम आआफ्नो क्षेत्रमा कोष स्थापना गरेर जम्मा गरिरहेका छन् ।

भीडभाड बढेपछि तरकारी बजार पनि बन्द

ओखलढुङ्गा स् ओखलढुङ्गा सदरमुकाममा लाग्ने नियमित हाटबजार पूर्णरूपमा बन्द गरिएको छ । सदरमुकाममा सातामा दुई दिन बुधबार र शनिबार लाग्दै आएको नियमित हाटबजार मानिसको धेरै भीड भएको र यसले कोरोनाको जोखिम बढाउने भन्दै शनिबारबाट पूर्णरूपमा बन्द गरिएको हो ।

कोरोनाको सङ्क्रमण शुरु भएसँगै सिद्धिचरण नगरपालिकाले तरकारी र खाद्यान्नबाहेकका सामग्री हाटबजारमा किनबेच गर्न रोक लगाएको थियो । तरकारी र खाद्यान्नको कारोवारका लागि मात्रै पनि सयौँको सङ्ख्यामा मानिस भीड लाग्न थालेपछि नगरपालिकाले कोरोनाको त्रास नघट्दासम्म बजार लाग्न नदिने निर्णय गरेको नगरप्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । अबका दिनमा हाटबजार क्षेत्रमा पसल राखेर बेच्न नपाइने उनको भनाइ छ ।

बजारसम्म ल्याउने व्यवसायीले तरकारी र खाद्य सामग्री मागअनुसार घरघरमै पुर्याएर सहयोग गर्न सक्ने नगरप्रमुख श्रेष्ठले बताए । छिमेकी जिल्ला उदयपुरमा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै थप सतर्कताका लागि पनि यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । लकडाउनका बेला बजारमा मानिसको चहलपहल बढेको भन्दै स्थानीयवासीले हाटबजार पूर्णरूपमा बन्द गर्न माग गरेका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies