Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

जापानमा कोरोना संक्रमितको संख्या १० हजार, २४ घण्टामा पाँच सय ६८ नयाँ संक्रमित

टोकियो । जापानको स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा जापानमा कोरोनाभाइरस संक्रमणका ५६८ वटा नयाँ घटना देखिएको आइतबार जनाएको छ । यो सहित जापानमा कूल संक्रमितको संख्या १० हजार ३६१ पुगेको छ ।

यस वर्षको सुरुमा टोकियोको नजिक क्वारेन्टाइनमा राखिएको यात्रुबाहक पानीजहाजका ७१२ जना समेत जापानमा ११ हजार ७३ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण जापानमा हालसम्म १७४ जनाको मृत्यु भएको छ । अमेरिका र युरोपको तुलनामा जापानमा कोरोना संक्रमणको संख्या अझै पनि तुलनात्मक रूपमा सानो छ, तर स्वास्थ्य परीक्षणको संख्या नै कम भएकाले पनि वास्तविक विवरण ठम्याउन कठिन भएको बताइन्छ । विज्ञहरुले जापानमा कोरोना संक्रमितको संख्या अझ ठूलो हुन सक्ने दाबी गरेका छन् ।

जापानले अन्ततः टोकियो र अन्य ठाउँमा अतिरिक्त परीक्षण केन्द्रहरू स्थापना गर्न सुरु गरेको छ । पछिल्ला दिनहरुमा उपचारमा प्रभावकारिता ल्याउन प्राथमिक उपचार चिकित्सकहरूलाई संदिग्ध बिरामीहरूलाई सिधै परीक्षण केन्द्रहरुमा पठाउन अनुमति दिइएको छ ।

विज्ञहरूले संक्रमित व्यक्तिहरु पत्ता लगाउन विगतमा अपनाइएको रणनीति सफल नभएकाले परीक्षणलाई व्यापक बनाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री शिन्जो आबेले बिहीबार टोकियो र छ वटा शहरी क्षेत्रहरूमा मात्र सीमित राखिएको आपतकालको अवस्था देशव्यापी बनाइएको घोषणा गर्नु भएको थियो । जापानका अस्पतालहरुमा संक्रमित व्यक्तिको संख्या दिनहुँ बढ्न थालेपछि प्रधानमन्त्री आबेले आपतकाल घोषणा गर्नु भएको हो ।

जनवरीको मध्यमा पहिलो घटना पत्ता लागेदेखि यता संक्रमित व्यक्तिको संख्या एक हजार पुग्न दुई महिना लागेको छ । तर संक्रमणको प्रसार पछिल्ला हप्ताहरूमा तिब्र रुपमा बढेको छ र १० दिनभित्रै यो संख्या ५ हजारबाट दोब्बर भएको छ ।

सियोलः दक्षिण कोरियामा विगत २४ घण्टामा ८ जना नयाँ संक्रमणका घटना भेटिएका छन् । दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार आइतबारम्ममा देशभर १० हजार ६६१ जना संक्रमित भएका र २३४ जनाको मृत्यु भएको छ ।

केन्द्रले कोरोनाभाइरस संक्रमितमध्ये ८ हजार ४२ जना निको भएको जनाएको छ । अरु १२ हजार २४३ जनामा कोरोना संक्रमण भए नभएको बारे परीक्षण भइरहेको छ । दक्षिण कोरियाली अधिकारीहरुले कोरोनाभाइरस संक्रमितको संख्यामा कमी आएसँगै सामाजिक दूरीको नियममा सहजीकरण गरिएका कारण “भित्रभित्रै” कोरोना भाइरस फैलन सक्ने भन्दै चेतावनी दिएका छन् ।

रियो दे जेनेरोः ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले घोषणा गर्नु भएको राष्ट्रव्यापी लकडाउनको अवज्ञा गर्दै ब्राजिलका विभिन्न शहरमा सयौं व्यक्तिले विरोध प्रदर्शन गरेका छन् । ट्रक, कार र मोटरसाइकलमा आएका प्रदर्शनकारीले रियो दे जेनेरो, साओ पाउलो र राजधानी ब्रासिलिया समेतका शहरका सडकमा लकडाउनको विरोधमा हर्न बजाएर विरोध गरेका थिए । उनीहरुले हप्तौंसम्म अधिकांश पेशा व्यवसाय बन्द गर्न आदेश जारी गर्ने गभर्नरहरुलाई राजीनामा दिन माग गरेका छन् ।

ब्रासिलियामा राष्ट्रपति बोल्सोनारोले अर्थतन्त्र पुनः खुला गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

म्याड्रिडः कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनी सरकारले कोरोनाभाइरस प्रसार रोक्न थप दुई साता आपतकाल कायम राखिने बताएका छन् । तर उनले बालबालिकाका लागि परिस्थितिमा सहजीकरण गर्न लागिएको बताए ।

स्पेनमा मध्य मार्चदेखि युरोपमै सबैभन्दा कठोर लकडाउन कायम छ । लकडाउनका कारण आर्थिक गतिविधि शून्यप्रायः अवस्थामा छ । स्थानीय सरकार, अभिभावक र कतिपय शिक्षा क्षेत्रका विज्ञहरुले बालबालिकालाई लकडाउन खुकुलो बनाउन आग्रह गरेपछि सरकारले आगामी ९ दिनभित्रै नयाँ नियम सार्वजनिक गर्न लागेको जनाएको छ ।

स्पेनमा जारी आपतकालको घोषणालाई संसदले अनुमोदन गर्नु पर्नेछ ।

पेरिसः फ्रान्सको राष्ट्रिय स्वास्थ्य सेवा विभागले अस्पतालको सघन उपचार कक्षमा रहेका कोरोना संक्रमित बिरामीको संख्यामा कमी आएको जनाएको छ । विगत तीन दिनदेखि भाइरसका कारण अस्पतालमा भर्ना हुनेको संख्यामा पनि कमी आएको विभागको भनाई छ ।

फ्रान्समा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १९ हजार नाघिसकेको छ । अध्ययन अनुसार मृत्यु भएकामध्ये एक तिहाइभन्दा बढी नर्सिङ होममा रहेका ज्येष्ठ नागरिक रहेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies