Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइन कक्षा सञ्चालन

भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले आजदेखि अनलाइनको माध्यामबाट विद्यार्थीलाई पढाउन शुरु गरेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण प्रत्यक्ष कक्षा सञ्चालन गर्न असमर्थ भएपछि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न थालिएको विश्वविद्यालयका रजिष्ट्रार तिलक आर्चायले जानकारी दिए ।

विश्वविद्यालयले सबै तह र सङ्कायका विद्यार्थीलाई सूचना प्रविधिको माध्यमबाट पढाउन शुरु गरेपछि शिक्षकले समय छुट्याएर कक्षा शुरु गरेको लुम्बिनी बौद्ध विश्वविद्यालयको सूचना शाखाले जनाएको छ । विद्यार्थीलाई आजदेखि दैनिक बिहान ८ देखि १० बजेसम्म कक्षा अनलाइनको माध्यामबाट शुरु गरिएको विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्र न्यौपानेले बताए ।

विश्वविद्यालयले आफ्ना सबै शिक्षक तथा प्राविधिक कर्मचारीलाई ओरिन्टेसन दिएपछि अनलाइन कक्षा सञ्चालन गरिएको बताउँदै क्याम्पस प्रमुख न्यौपानेले विद्यार्थीले घरमै बसेर शिक्षकसँग पढ्न पाउने र प्रश्नसमेत सोध्न सक्ने व्यवस्था मिलाएको जानकारी दिए । विश्वविद्यालयले अनलाइन कक्षा शुरु गरेपछि विद्यार्थीका लागिसमेत सहज भएको लुम्बिनी बौद्ध विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्का सचिव बिपी गौतमले बताए ।

स्नातक र स्नातकोत्तर तह पढाइ हुने यस विश्वविद्यालयमा बौद्ध अध्ययन सङ्काय, मानविकी तथा समाजशास्त्र सङ्काय र विकास अध्ययन तथा एप्लाइड साइनस सङ्कायको पढाइ हुँदै आएको छ । विश्वविद्यालयका सात वटा सम्बन्ध प्राप्त क्याम्पसमा एक हजार २०० भन्दा बढी विद्यार्थीले अध्ययन गर्ने गरेको विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ । बौद्ध दर्शन, साहित्य र संस्कृतिका अध्ययन गर्ने उद्देश्यका साथ यो विश्वविद्यालय २०६३ सालमा स्थापना भएको हो । यसको केन्द्रीय क्याम्पस लुम्बिनीमा रहेको छ । यस क्याम्पसमा नेपाली तथा विदेशी विद्यार्थीले अध्ययन गर्छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: