Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

काम नहुँदा सामल सकियो, नेपाली नागरिकता नभएको भन्दै राहत दिएनन्, सर मलाई भोक लाग्दैन ?

काठमाडौं । सर, म नेपाली नागरिक होइन र ? मलाई नागरिकता नभएको भन्दै राहत दिएनन् । मलाई भोक लाग्दैन र ? यो पीडा मिश्रित भनाइ हो कमानसिंह लामाको ।

नुवाकोटको रानीपौवा घर भएका ५२ वर्षीय लामा विगत एक वर्षदेखि कीर्तिपुर नगरपालिका वडा नं ६ मा ज्यामी मजदूरी गर्दै आएका छन् । स्थानीय उपभोक्ता समितिले निर्माण गर्न लागेको सडकमा काम गर्न नुवाकोटबाट कीर्तिपुर पुगेका लामासँग नागरिकता छैन ।

नागरिकता घरमै छाडेर आएको उहाँ बताउनुहुन्छ । मलाई नागरिकता नभएका कारण वडाले बाँडेको राहत पाउन सकिन । स्थानीय नागदह नजिकैको लप्सीबोटमा भेटिनुभएका लामा आफूलाई वडा ९स्थानीय सरकार०ले राहत नदिएर सौतिने व्यवहार गरेको बताउनुहुन्छ । लामासँग नाति उमेरको कुमार लामा पनि बस्नुहुन्छ । कोरोना भाइरसको सङ्क्रमण फैलने डरले सरकारले ‘लकडाउन’ घोषणा गरेको पनि लामो समय भयो । काम नहुँदा खाने सामल सकियो लामाको ।

स्थानीय वडाले केही दिन खाना पकाएर खुवायो । व्यवस्थापन मिल्न नसकेको भन्दै खाना पकाउने काम पनि बन्द भयो । त्यसो त के कतिलाई खाना खुवाउने भन्ने स्पष्ट तथ्याङ्क नहुँदा सो कार्य बन्द भएको नागदह आसपासमा बस्ने दैनिक ज्यालादारी गर्ने श्रमिक बताउँछन् । स्थानीय समाजसेवीले सो क्षेत्र आसपासमा बस्नेलाई आफ्नै पहलमा गाँस काटेर भए पनि बचाइराखेका छन् । सधैँ उनीहरु पनि सेवा गर्न सक्ने अवस्थामा छैनन् ।

समस्यामा परेका दैनिक ज्यालादारी, श्रमिक तथा विद्यार्थीका लागि व्यवस्थापन गर्ने दायित्व स्थानीय जनप्रतिनिधिको हो । उनीहरु पनि जिम्मेवार नदेखिएको स्थानीयवासी गुनासो छ । स्थानीय तहले भने आफूहरु निरन्तर व्यवस्थापनमा लागिपरेको बताउँदै आएको छ ।

रासससँगको भेटमा लामा भन्छन्, “दाल, चामल भए हुन्थ्यो । नून त एक महिनालाई पुग्नेछ ।” उहाँ भन्नुहुन्छ, “ज्यामी काम गरेर कमाएको पैसा ‘लकडाउन’ हुनुभन्दा पहिल्यै घर पठाए । अहिले पैसा पनि छैन, खाने सामल पनि छैन ।” उीसँगै आश्रय लिएका कुमार पनि आफूहरुलाई केही चामल पाएहुन्थ्यो जस्तो लागेको बताउछन् । सोह्र वर्षका लामा पनि कमानसिंहसँगै ज्याबेल चलाउन आएको हो ।

यस्तै फिरोज मिया पर्सा नग्वाबाट काठमाडौँ आउनुभएको हो । मिस्त्रीको काम गर्न आउनुभएका मियाको परिवारमा चार जना छन् । दश महिनाको छोरी पनि छ । लकडाउनका कारण दैनिक गर्दै आएको काम रोकिएपछि के खाने भन्ने चिन्ताले सताएको छ । रु चार हजार भाडा तिरेर हिमाल सिमेन्टको कारखाना नजिकै बस्दै आएका मियालाई पनि अरु सहयोग नभए पनि खाने चामल र दाल भए हुन्थ्यो भन्ने लागेको छ । ऋण धन गरेर भए पनि बस्ने इच्छा भए पनि सबैतिर उस्तै समस्या रहेकाले कसले आफूलाई सहयोग गर्ला र भन्ने चिन्ताले सताएको छ उनलाई । “घर जान मन थियो, सवारी साधन चलेका छैनन, यी लाला बाबा भोकै पर्लान् कि भन्ने ठूलो चिन्ता छ, केही सहयोग पाइन्छ र सर”, मियाले भने ।

पर्साकै दीपेन्द्र कुमाल पनि पाँच जनाको परिवारका साथमा सोही स्थानमा बस्दै आउनुभएको छ । आठ, छ र चार वर्षका तीन वटा बच्चा छन् । “भोक लाग्यो भन्छन्, हामीले कही कतैबाट सहयोग पाएनाँै । कि त हामीलाई घर जाने वातावरण बनाइदिनुप¥यो होइन भने केही खाने सामल उपलब्ध गराइदिनुप¥यो”, उहाँ पीडा पोख्छन् । स्थानीय वडाबाट राहत नपाएको बताउँदै उहाँ समाजसेवी महिला समूहले भने आफूहरुलाई पाँच किलो चामल, दाललगायतका सामग्री उपलब्ध गराएको बताउछन्। उनले राहत दिने महिला समूहलाई भने धन्यवाद दिए ।

यस्तै भारतको मोतीहारीका साहिल मिया पनि उनीहरुसँगै बस्छन्। विपद्को समयमा सबै नागरिकलाई सेवा र सुरक्षा प्रदान गर्नुपर्ने भए पनि आफूले कुनै राहत नपाएको गुनासो गरे । एक वर्षको बच्चा र श्रीमतीसहित बस्दै आउनुभएका मियाको परिवारलाई स्थानीय समाजसेवी मनोज रानालगायतले केही राहत उठाएर दिएका छन् ।

स्थानीय समाजसेवी राना समस्यामा परेका, दैनिक ज्यालादारी गर्ने श्रमिकलाई आफूहरुले पहल गरेर केही राहत दिए पनि त्यो पुग्दो नभएको बताछन्। स्थानीय महिला समूह तथा समाजसेवीको पहलमा राहत दिइए पनि कोही सहृदयी मनले राहत प्रदान गर्ने इच्छा राखेको र त्यसको आफूहरुले सहजीकरण गरिदिएको उनी बताउछन् ।

नागरिकता नभएका तथा कुनै परिचयपत्र नभएका नागरिकले राहत नपाएको र राहत वितरणमा विभेद गरेको गुनासो आइरहेका बेला कीर्तिपुर नगरपालिका– ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन भने आफूहरुले सबैलाई राहत प्रदान गरेको बताउछन् ।

उनी भन्छन्, “हामीले नागरिकता नभएकालाई पनि राहत दिएका छौँ । कोही कसैले राहत नपाएको भए वडा कार्यालयमा सम्पर्क गर्न म आग्रह गर्दछु ।” वडाअध्यक्ष महर्जन कोही कसैले पनि वडाभित्र भोकै बस्नु नपरोस् भनेर लागिपरेको बताउछन । ्कोही समस्यामा परेको भए आफूलाई सोझै सम्पर्कसमेत गर्न उनको आग्रह छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE