काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डीला संग्रौला पन्तले प्रधानमन्त्री केपि शर्मा ओलीलाई चिनियाँ राष्ट्रपति सिजिङपिङको अनुयायी नठान्न चेतावनी दिएकी छिन् । उनले नेपालको राजनीतिक परिस्थिति भिन्न भएको भन्दै निरंकुश बन्ने सोंच त्याग्न आग्रह गरेकी हुन् ।
प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रिपरिषद बैठकबाट राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न र संवैधानिक परिषद्सँग सम्बन्धित कार्यविधि संशोधन गर्न अध्यादेश पारित गराएसँगै सामाजिक सञ्जालमार्फत नेतृ पन्तले ओलीलाई निरंकुशताको बाटो छोड्न आग्रह गरेकी हुन् । उनले प्रम ओलीको नियत गलत देखिएको टिप्पणी गरेकी छन् ।
ओलीले सत्तामा टिकिरहन र आवश्यक परे पार्टी फुटाउन सहज बनाउन अध्यादेश ल्याएको पन्तको आरोप छ । उनले प्रम ओलीको शैलीले संविधानवादको मुलमर्ममाथि नै प्रहार गरेको बताएकी छिन् ।
“राष्ट्रिय संकटको घडीमा आफ्नै पार्टीभित्रका आफ्नो विरोध गर्ने नेता तथा कार्यकर्ताहरुलाई तर्साउन र छिन्नभिन्न पार्ने नियत र आवश्यक परे पार्टीसमेत फुटाउने र आवश्यक परे सत्तामा टिकिरहने मनसायले प्रधानमन्त्रीले चालेको कदम आफ्नो खाल्डो आफैं खनेको प्रतित हुन्छ”, पन्तले सामाजिक सञ्जालमा भनेकी छिन्, “विपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णयले लोकतान्त्रिक पार्टी र संविधानवादको मूलमर्ममाथि सांघातिक हमला गरेको छ ।”
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: