Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

ट्रम्प द्वारा “आप्रवासन भिसा” अस्थायी रूपमा स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कोरोनाभाइरसका कारण संयुक्तराज्य अमेरिकामा प्रवेश गर्न चाहनेहरुका लागि दिँइदै आएको “आप्रवासन भिसा” अस्थायी रूपमा स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका छन् ।

“अदृश्य दुश्मनबाट आक्रमणका साथै हाम्रा महान अमेरिकी नागरिकहरूको रोजगारी जोगाउनु पर्ने परिस्थिति उत्पन्न भएका कारण संयुक्तराज्य अमेरिकामा अध्यागमनलाई अस्थायी रूपमा निलम्बन गर्न कार्यकारी आदेशमा म हस्ताक्षर गर्दैछु” ट्रम्पले ट्वीट गरेका छन् ।

उनले कार्यकारी आदेशबाट कुन अध्यागमन कार्यक्रममा के असर पर्न सक्छ भन्ने बारेमा कुनै विवरण प्रस्तुत गरेका छैन । ह्वाइट हाउसले पनि राष्ट्रपतिको ट्वीटमा गरिएको घोषणाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेको छ ।

ट्रम्पले कोरोनाभाइरसबाट सर्वाधिक प्रभाव परेका चीन र युरोपेली मुलुकहरुबाट अमेरिकातर्फ हुने यात्रालाई प्रतिबन्ध लगाइएको बारेमा श्रेय लिएका छन् । उनले यी प्रतिबन्धहरुले अमेरिकामा कोरोनाभाइरसको फैलावटमा सुस्तता आएको दाबी गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले महामारीका कारण आप्रवासी भिसा लगायत प्रायः सबै भिसा प्रक्रिया हप्तौंदेखि स्थगित गरेको छ ।

अमेरिकामा हालसम्म ७ लाख ५० हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् भने ४२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy