Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

दोगलापनको दोकान

रसुवाली कवि

दृश्य नम्बर १

उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमाथि उनले कडा टिप्पणी गरेका थिए — हेहे बिजोग टाइपको । संयोगले एकदिन एक तीर्थस्थलमा  उनको फरक चेहरा देखापर्यो । नजिकैको कफी सपमा मित्र विषम र म कफी पिइरहेका थियौ । अलि पर उनी लीन भई मूर्तिसामु वर मागिरहेका थिए । वर माग्ने शैली गज्जब थियो उनको ।

पछि बागबजारमा भेट हुँदा उनले फेरि त्यही पुरानो फोटोको प्रसङ्ग  झिके । प्रगतिशील रूपान्तरको गफ गरे । तर मैले उनको त्यो तिर्थस्थल र वरबारे केही भनिनँ। कतिपय कुरा नभनी छोडिदिँदा नै  हुन्छ भन्ने लाग्यो ।

दृश्य नम्बर २
एमसीसीविरुद्ध नयाँ बानेश्वरमा  प्रदर्शन भइरहेको थियो, म आबद्ध दल पनि त्यसको एउटा शक्ति । बानेश्वर अस्तव्यस्त थियो, प्रहरीले अश्रुग्यास फ्याँकिरहेको थियो । पुष्पलाल दाइसँग संगत गरेका पुराना कमरेडहरूसहितको एउटा टोलीमा मिसिएर म पनि  बुद्धनगरतिरको एउटा भव्य  क्याफेमा छिरे । अश्रुग्यासको प्रहारले सबैका आँखा रसाएका थिए ।

कमरेडहरूका हातमा भने आइफोनलगायत महँगा मोबाइल टल्किरहेका थिए। दुई जना कमरेडले वाइफाइको पासवर्ड मागे । सामाजिक संजालमा व्यस्त भए ।  
उनीहरूका छोराछोरी त एमसीसीकै कार्यालय रहेको मुलुकमा पो रहेछन् ! चिया पिउदै  उनीहरूले सन्तानलाई अझै राम्रो कमाइ गर्न, राम्रो घरगाडी किन्न फोनमै अनुरोध गरे। नसुने जस्तो गरे अर्को सोफामा बसे म ।

अलिबेरमा  मतिर फर्केर एकजनाले भने-  'स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ, कमसेकम आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउने हिम्मत त हुनुपर्छ । कमरेड, तपाईं जवान हुनुहुन्छ, आन्दोलनमा भिड्नुपर्छ है ।'

दृश्य नम्बर ३
एकपटक रामेछापमा एकजना पुराना नेताले तामाकोसीमा नुहाएर मात्र भात खाने ढिपी कसे। नौ बजिसकेको थियो, बेला घर्किसकेको थियो । हामी तामाकोसीमा  झर्‍यौं, उनी खोलामा मुख धुन थाले । एउटा ढुङ्गा बसेरमा  मन्त्र जप्न थाले । थाहा लाग्यो उनी गायत्री मन्त्र नजपी  भोजन नै गर्दारहेन्छ्न । यो उनको अर्को अनुहार थियो, जुन बाहिरबाट कहिल्यै देखिँदैनथ्यो। प्राय: उनी बागबजारको बहसमा  प्रगतिशील लेखक र साँस्कृतिक रूपान्तरका योद्धा गनिएका थियो  । आजकाल उनको  फुर्ति कम भएको छ। 

यी दृश्य केवल व्यक्तिगत र वैचारिक कमजोरीका  मात्र होइनन् । यो त  बौद्धिक चेतना र व्यबहारबीचको अन्तरबिरोध हो । हर युगका आफ्नै खालका बिशिस्ट अन्तरबिरोध हुन्छन् ।

साधारण मानिसको बेग्लै  वैचारिक चेतना हुन्छ । एलिटहरूको बेग्लै वैचारिक चेतना हुन्छ । उदेकलाग्दो दृश्य आवरण ओढ्नेहरूमा देखिन्छ ।विचारधारामा वर्गविहीन समाज र समान वितरणको सपना बोकेकाहरूमा  पनि समस्या देखिन्छ । प्रगतिशील विचारधारामा प्रतिबद्ध छु भन्ने एउटा तप्काको व्यक्तिगत जीवन भने पुँजीवादी उपभोगको  प्रतीक  मानिने महँगा मोबाइल ,कम्युटर ,टेलिभिजनतिर लालायित हुनतिर मोडिएको छ । सन्तान  विदेशिएका छन् । बिदेशमा सन्तानले राम्रो गाडी चढुन र सुविधाको जिन्दगी बाचुन भन्ने हुटहुटी बोकेर हिँडेका छन् यी भद्रजन ।

यो  वैचारिक संरचनाभित्रकै  एउटा संरचनागत विरोधाभास हो । यस्ले बिस्तारै सामुहिक चेतना बन्ने  बाटो बनाएको छ । जान्नेलाई छान्ने भनेको यस्तै होला ।
नयाँ संरचनाको कुरा गरिरहेकाहरू, वर्गको कुरा गरिरहेकाहरू पनि  पारिवारिक सुरक्षाको चौतारीमा बसेर पुराना  सांस्कृतिक  चेतनामा नयाँ जलप लगाइरहेका छन् । यो विचारधाराको सांस्कृतिक स्रोत भनेको सामन्तवाद नै हो । पुजीवादमा सांस्कृतिक चेतना सामान्तवादबाट नै आएको हुन्छ ।

एउटा  मान्छेभित्र समानान्तर रूपमा अर्को मान्छे पनि बाँचिरहेको छ ।  एउटा मान्छे सार्वजनिक मञ्चमा एउटा रूपमा देखिन्छ , घरभित्र र  मनभित्र अर्को स्वरुपमा  देखिन्छ । रूपमा एउटा देखिन्छ सारमा अर्को  देखिन्छ । कस्तो बिरोधाभाष बोक्छ मान्छे पनि ।

पुस्तौंदेखि सञ्चित सांस्कृतिक अवचेतनको चेतनामार्फत  बनेको मानिसमा पुरातनवादको उत्थान हुनु नौलो कुरा होइन रहेछ । यो आन्दोलनले बाटो बिराउदा दृश्यमा देखापर्दो रहेछ । आर्थिक-साँस्कृतिक र राजनीतिक रूपमा  सारमा सहि हुनु आजको युगको भव्य रूपान्तरणकारी चेतना रहेछ ।

वैचारिक रूपमा रुपान्तरणलाई स्वीकार गर्नु एउटा कुरा । मानिस  संकटको घडीमा बेग्लै सोच्दोरहेछ ।

थुप्रै  मान्छेहरूभित्र बिरोधाभाष पनि  सँगसँगै बाचिरहेको हुदोरहेछ  ।
मान्छे भनेको एउटा अनौठो जीव रहेछ  ।

आफूले बोलेको कुरा  र गरेको कर्मबीचको खाडललाई नदेख्ने । हामी सबैले आफ्नो जीवनमा यस्ता क्षणहरू भोगेका हुन्छौं, जहाँ कसैको सार्वजनिक अनुहार र निजी व्यवहारबीच ठूलो अन्तर देखिन्छ  । म आफैं पनि यस्ता दृश्यहरूको साक्षी बनेको छु, र ती दृश्यहरूले मलाई बारम्बार सोच्न बाध्य पारेका छन् ।

एमसीसीविरुद्धको आन्दोलनमा ती कमरेडद्वय पनि राष्ट्रिय स्वाधीनता र साम्राज्यवादविरोधी चेतनाबाट प्रेरित भएर सडकमा आएका थिए । तर उनीहरूमा  व्यबहार र विचारमा बिरोधाभाष थियो । सन्तानहरू  साम्राज्यवादी केन्द्रमा बसेर जीवन धानिरहेका थिए । बाहरू सडक थिए । सडकमा हुनु राम्रो हो  तर  बाहरूको इच्छा पनि उतैतिर मोडिएका जो थिए ।

सामूहिक चेतनाले साम्राज्यवादलाई अस्वीकार गर्छ । व्यक्तिगत रूपमा  लाभान्वित हुन चाहनेहरू  त्यही व्यवस्थाभित्र आफ्नो र आफ्ना सन्ततिको भविष्य खोज्छन् । उभिने कहाँ ? गर्ने के ? स्वयं व्यक्तिले सोच्नुपर्ने हो ।

यो कुनै नैतिक कमजोरीको  कुरा मात्र होइन । विश्वव्यापी पुँजीवादी संरचनाभित्र बाँच्न बाध्य हरेक व्यक्तिको अवस्थाजन्य बाध्यता पनि छन् । समस्या  प्रगतिशिल  रूपान्तरका अगुवा भनिनेहरूमा  देखापर्नु चाहिँ नितान्त सोचनिय बिषय हो ।
यसरी हेर्दा,दोगलापन भनेको व्यक्तिको चरित्रगत त्रुटि मात्रमा सिमित छैन । यो सामाजिक चरित्र  बनिसकेको छ ।

सामाजिक-आर्थिक संरचना र व्यक्तिगत लाभहानीको सवाल बीच अनिवार्य द्वन्द्व हुन्छ  । हरेक विचारधाराको आफ्नो गन्तव्य हुन्छ । चाहे त्यो धार्मिक होस् वा राजनीतिक व्यक्तिलाई  विचारले एउटा आदर्श स्वरूप दिन खोजेको हुन्छ ।  आदर्श र वास्तविक जीवनको जटिलताबीच सधैं तनाव रहिरहन्छ । यही तनावले नै मान्छेलाई एकैसाथ धेरै अनुहार बोक्न बाध्य पार्छ । रुपमा मात्र होइन सारमा पनि सहि हुने कुरा निकै महत्त्व राख्ने बिषय बनेको छ  ।

यी सबै दृश्यहरू केवल अरूकै कथा हुन् तरु म आफैलाई पनि कहिलेकाहीं त्यस्तै दोबाटोमा उभिएको भेट्छु, जहाँ भनेको र गरेको चिजमा  मेल खाँदैन। शायद फरक यत्ति हो ।अरूको दोगलापन देख्दा हामी सजिलै न्यायाधीश बन्छौं, तर आफूलाई रूपान्तर गर्न चुक्छौ  ।

अगुवामा नै  दोगलापन

सबैभन्दा चिन्ताजनक कुरा यो हो कि यो दोगलापन आन्दोलनका साधारण अनुयायीभन्दा बढी त्यसका अगुवाहरूमै गडेको  देखिन्छ। जो नेतृत्वको रूपमा उभिन्छन्, विचारधाराको शुद्धताको परिभाषा दिन्छन् , अरूको आचरणमाथि प्रश्न उठाउँछन्, कमरेडलाई 'आन्दोलनमा भिड्नुस ' भनेर उर्दी दिन्छन् उनीहरू नै  आफ्नै जीवनमा त्यही विचारधाराभन्दा उल्टो बाटो हिँडिरहेका हुन्छन् । उदेक पनि यही  उदेकलाग्दो बन्छ ।

अगुवाले आफूले बोकेको विचारधाराको बाटो अरूभन्दा बढी इमानदारीसाथ हिँड्नुपर्ने हो । अगुवामा नै अगुवाई देखिएन ।

जब अगुवा नै दोहोरो अनुहार बोकेर हिँड्छ, तब त्यो दोगलापन साधारण व्यक्तिगत कमजोरी मात्र बन्दैन । त्यो संस्थागत कमजोरी बन्छ, दोगलापन  सामान्यकृत हुन्छ, र दोगलापन नै क्रमश: सिङ्गो आन्दोलनको संस्कार नै बन्न सक्ने खतरा हुन्छ । 

दोगलाहरू जता पनि छन्...

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...

दोलालघाटबाट बेपत्ता ६७ वर्षीया तिलकुमारीको शव सुनकोशीमा भेटियो

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...

आगामी निर्वाचनको तयारी थाल्न महामन्त्री आचार्यको आग्रह

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...

तुलसीपुरमा एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...

नेतृत्व फेरे प्रधानमन्त्री नै बन्छु भन्नेले पनि हार्ने परिस्थिति आयो: नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...

हामी कानुनी रूपमा बलिया छौँ, सर्वोच्चको आदेशबाट नडराउन सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...

ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending