Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

लकडाउन लम्बिए यी हुन् पढाइका ३ विकल्प

काठमाडौं । कोरोना भाइरस संक्रमण त्रासका कारण शिक्षण संस्था लामो समयसम्म बन्द रहे पढाइ तथा परीक्षा सञ्चालनका लागि विभिन्न पद्धतिबारे शिक्षा मन्त्रालयले छलफल सुरु गरेको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - लकडाउनका कारण शिक्षण संस्था बन्द भएर शैक्षिक सत्र नै तल–माथि हुन सक्ने खतरा बढेपछि मन्त्रालयले पढाइबारे तयारी गरेको हो। मन्त्रालयले पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वमा २८ सदस्यीय समिति बनाएर कोरोनाको प्रभाव शिक्षण संस्थामा कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन थालेको छ।

उक्त समितिका सदस्यमध्येबाट विषयविद् सम्मिलित ६ वटा उपसमिति गठन गरेको छ। नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माको संयोजकत्वमा रहेको शिक्षण विधि तथा विकल्प उपसमितिले पढाइका विकल्पबारे अध्ययन गरिरहेको छ।

संयोजक शर्माका अनुसार पहिलो विकल्पका रूपमा अनलाइन माध्यमबाट पढाउन सकिन्छ कि भन्ने विषयमा छलफल भइरहेको छ। तर, मुलुकभरका विद्यार्थीलाई अनलाइन माध्यमबाट पढाउँदा प्रभावकारी हुनेमा उक्त उपसमितिका सदस्य नै विश्वस्त छैनन्।

अनलाइनबाट पढाउँदा प्रभावकारी हुन नसक्ने ठाउँमा स्थानीय तहमा क्रियाशील सञ्चारमाध्यममार्फत पढाउने विषयमा छलफल भएको छ। स्थानीय तहमा सञ्चालित रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइनलाई प्रयोग गर्ने विषयमा अध्ययन भइरहेको छ।

यो माध्यमबाट पनि पढाइ सम्भव नहुने क्षेत्रमा सहजकर्तामार्फत र अभिभावकलाई परिचालन गरेर पढाइ सुचारु गराउने विषयमा पनि अध्ययन भइरहेको छ। शर्मा नेतृत्वको उपसमितिले यस विषयमा अनौपचारिक रूपमा आफ्ना अवधारणा साह नेतृत्वको समितिसमक्ष पेस गरिसकेको छ। ‘पढाइ सुचारु गर्न धेरै विकल्प छन्। तर, छोटो समयको तयारीबाट गर्नुपर्ने भएकाले सोचेजस्तो सफलता पाइन्छ कि पाइँदैन भन्ने विषयमा हामी आफैँ ढुक्क छैनौं’, शर्माले भने, ‘हामीले सकेजति कोसिस गरिरहेका छौं। हेराैँ कति सफल भइन्छ।’

विद्यालय तहदेखि विश्वविद्यालयसम्मको पढाइ वैकल्पिक तरिकाबाट सञ्चालन गर्नुपर्ने हुन्छ। कोरोना संक्रमण त्रासका कारण लकडाउन गरिएको भारत, बेलायत, अमेरिकालगायत मुलुकमा पनि यही विधिबाट पढाइ सञ्चालन भइरहेकाले नेपालमा पनि अभ्यास गर्न लागिएको शर्माले बताए।

कोरोना संक्रमण त्रासका कारण विद्यालय तहमा सबैभन्दा धेरै परीक्षार्थी सहभागी हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा ११ र १२ को परीक्षासमेत रोकिएको छ। त्यसबाहेक सबै विश्वविद्यालयको परीक्षा तथा पढाइ रोकिएको छ। शिक्षाविद्ले भने विद्यालयले नै सञ्चालन गरेको पहिलो, दोस्रो र तेस्रो तहको परीक्षामा परीक्षार्थीले पाएको प्राप्तांकलाई आधार मानेर परीक्षार्थीलाई वार्षिक परीक्षाको अंक दिएर उत्तीर्ण गराउन सरकारलाई सुझाव दिएका छन्।

वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्दा विद्यालयदेखि विश्वविद्यालय तहसम्मका ७५ लाखभन्दा बढी विद्यार्थीलाई समेट्नुपर्ने हुन्छ। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘लकडाउन लामो समयसम्म लम्बिएन भने त पुरानै पद्धतिअनुसार पढाइ सञ्चालन गरे पनि अप्ठ्यारो पर्दैन। तर, लकडाउन छोटिएन भने विभिन्न विकल्पबारे सोचिएको छ।’ कोरोना त्रासका कारण सरकारले चैत ११ गतेदेखि मुलुकभर लकडाउन गरेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending