सुखको आश बिहानी साँझ नेपाली माटोमा
कमाउन धन नेपाली मन बिदेशको बाटोमा
गाउँघरको दुःख विदेशको सुख सबैले देख्याछन्
भोग्नेले मात्र हो रैछ साथी कहानी लेख्याछन्
जीवनको आश बाकसको लास कहानी सबैको
लुकेर रुन नमिल्ने रैछ साझा भो अझै त्यो
जिन्दगीदेखि नमान डर एउटाले करायो
नमान पिर भनेर गाथ्यो खोइ कता हरायो
तिम्रो त्यो मन आत्तियो होला झसङ्ग गरायो
दिएको तिम्ले त्यो जाले रुमाल खोइ कहाँ हरायो
लेखेको पत्र महिनौ भो तर पुग्यो कि पुगेन
त्यो मेरो पत्र छ थोरै पैसा निन्द्रा नै फुरेन
आत्तियो मन लेखौ त पत्र आइपुग्ने कहिले
कोरौला अर्को आउनेछ पत्र फर्किन्छ जहिले
आइपुग्यो खबर बिरामी आमा बिरामी छोरो छ
आफू नि उस्तै नभनौ भने आतमा ज्वरो छ
आमाको माया खरको छानो मनले मानेन
रोएर बिते रातहरु सारा आसुले मानेन
न बिदा पाउँछु न हिसाब पाउँछु आउछु है भन्या थे
कसरी भनौ ए प्यारा तिम्लाई पागल नै बन्या थे
गुमाए आमा दिएन बिदा पापी त्यो साहुले
मर्नेछ एक दिन श्राप लाग्ला केतु र राहुले
अनिदो बसि गरेको काम फजुल भयो नि
मेरो त्यो पासपोर्ट समातिकन खोसेर लग्यो नि
आमालाई सम्झी रोएथे झस्को प्यारीको मायाले
बाधेन हरे पापीको मन हिमाली छाँयाले
साथी है भनी पोखनी यौटा पहाडी ठिटो छ
पहाडी मान्छे सानो है तर बोली चै मीठो छ
गएर उस्ले पोखेछ दुस्ख आमा है बितेको
कत्ती है चाडो हत्त र पत्त पासपोर्ट झिकेको
थमाइ पैसा समाए पासपोर्ट कोठामा गएथे
साथी है भाई खुसिले होला हाँसी नै रहेथे
जाने हो घर भनी है आए झोला है भिरेर
साथी र भाइ सम्झदा दुख्यो कलेजा चिरेर
मोटरगाढी चढेर आए बस्नलाई जहाज
बाहिर हेरे छ कि साथी खोइ कहाँ छ
मेहेनतको फल शरिरको जल बेचेर कमाको
कसरी व्यक्त गरौँ खोइ प्यारा यो मन रमाको ल्ल
शहर पुगि ओर्लियो जहाज नेपाली माटोमा
फूल माला लिइ बसेका साथी कुरेर बाटोमा
फर्किए सङ्गै बसको माथी छतैमा बसेर
हिड्नु पर्ने उकालो बाटो लाम है कसेर
घर है पुगे नक्कले भाछु सङ्कामा उनी छिन्
हाँसेर मैँले भने ता पनि सुनेर रुनेछिन ।।
म : गुमाए आमा ए मेरि प्रीया टुहुरो भाको छु
तिम्रो मायाले सताउछ प्यारी दुब्लाउदै गाको छु
उनी : चाहिदैन केही गुनासो छैन अरु नि होलान भो
विदेशी मुन्छे पैसामा बिक्ने सबै थोक देलान भो
म: नभन प्यारी यसरी तिम्ले मेरो नि को छ र
तिमी हौ मेरि म नै हु तिम्रो फरक के छ र
उनी : बसेको किन सुखको आशमा आमालाइ भुलेर
जानेछौ भोलि मलाइ छोडी प्रदेश डुलेर
म : जाँदिन प्यारी तिमिलाई छाडी एक्लै यो घरमा
बस्नेछु सधै तिमिलाइ सम्झी म तिम्रै भरमा
उनी : नजानु प्रदेश छोडेर मलाई एक्लो यो जीवन
तपाईं बिना अधुरो हुन्छ हाम्रो यो मिलन
म: जानू ता पर्छ पुरुषले गर्न कमाउन देशमा
बस्नु नि प्यारी सम्हाली घर गाउँकै भेषमा
उनी : कुटुम्ब आउँछन् साथी नि आउँछन्
के-के है भन्दिन्छन्
एक्लो है घर म एक्लो मान्छे बिरानो बन्दिन्छन
म : नरुनु प्रीय म आछु हेर यो दर्द बुझ्न
तिम्रो र मेरो आँसु हो एउटै त्यो आँसु पुछ्न
उनी : स्रोएर कत्ती रात काटे प्यारातिम्रो त्यो यादमा
बसिदेउ सधै घरमा सङ्गै अब त साथमा
म : दुखिको घर सुखको मानो दिलाउँ म कसरी
झस्किन्छ मुटु चस्किन्छ छात्ती निदाउँ म कसरी
आँखाको जल पिएर प्रीया नगर बिदाई
आउनेछु सधैँ बनेर सुर्य दिलमा उदाई
नियाली हेर धडकन भित्र नाम मेरो पाउनेछौ
चिरेर हेर यो छात्ती भित्र तस्बिर भेटाउनेछौ
दुई मुटु जोडि लाएको माया अमर हुनेछ
यो हाम्रो जोडि छुटेछ भने आकाश नि रुनेछ
सम्हाली राख यो हाम्रो माया मनैमा साँचेर
गरिदेउ बिदाइ गुलाबको फूल र मुसुक्क हाँसेर
त्यो चन्द्र हेर चाँदनीसँग मुसुक्क हाँसेको
नबिर्स प्रीय तिमिले कहोल्यै पिरती गाँसेको
दुई मन मिलि लाएको माया अधुरो नछाड
आउनेछु एक दिन फर्केर प्रीया यो माया नमार ।।।।
(स्याङ्जा स्याथी घर भएका गौतम हाल दाेहा कतारमा छन्)
प्रतिकृया लेख्नुहोस्: