Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

आन्दोलन नै फुट र विभाजनतर्फ जाने त होइन भन्ने आशंका जन्मियो

सरकारले जुन (राजनैतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धि) अध्यादेश ल्यायो यो एकदमै बेठिक छ । यसले अत्यन्तै नराम्रो सन्देश गएको छ । यतिबेला कोरोनाको विरुद्वमा एकताबद्व भएर लाग्नुपर्नेमा सरकारको ध्यान यस्ता कुरामा पुग्नु अत्यन्तै दुःखद छ । एकलौटी तरिकाले पार्टीलाई नै छलेर, नेता र अध्यक्षसँग पनि छलफल नगरी ल्याउने कुराले पार्टी जीवनलाई पनि गलत दिशातर्फ लैजान सक्छ । यो कदमले पार्टीभित्र फुट र विभाजनको ढोका पनि खोल्न सक्छ । नेपालको कम्युनिष्ट आन्दोलन निकै ठुलो उतारचढावबाट गुज्रिएको छ । ७ दशक लामो आन्दोलनले अहिले केहि फरक मोड लिएको थियो । जसलाई जनताले पनि पत्याएर दुई तिहाईको मतसहित सरकारमा पुर्याए । निकै ठुलो आशासहित बनाएको सरकारप्रति जनता निराश हुने अवस्था सिर्जना भएको छ । सरकारको पछिल्लो कदमले जनताको आशा अनि अपेक्षामाथि तुसारापाथ गराउने काम गरेको छ । यसले खासगरि संघीयलोकतान्त्रिक गणतन्त्र र समृद्धिसहितको समाजवादी व्यवस्था स्थापना गर्ने योजनामा तुसारोपात ल्याउने काम गरेको छ । यो कदमले सरकार नेतृत्व फुट, विखण्डन, निरंकुशतातर्फ जान लागेको त होइन् भन्ने प्रश्न उठाएको छ । एकातिर देशमा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र र यसको उपलब्धीलाई सुद्धढ गर्ने कुरा छ भने अर्कोतर्फ संघियतालाई आम रुपमा राज्यको पूर्नसंरचना गर्ने गरि हरेक तहमा पुर्याएर कार्यान्वयन गर्नुपर्ने छ । सबै तहमा समाजवादी अभियान चलाउनु पर्ने अवस्था छ । यहीबीच कोरोनाले निम्त्याएको संकटसँग पनि एकाकार भएर लड्नुपर्ने अवस्था सिर्जना भएको छ । अहिले कोरोनासँग लड्नेकुरा महत्वपूर्णं छ । यसमा विशेष अध्ययन अनुसन्धान नगरी जीत हाँसिल गर्न सम्भव छैन् । यस्तो बेलामा सरकारले यस्ता कदमहरु चाल्नु अत्यन्तै बेठिक हुन्छ । प्रधानमन्त्री ओलीजीले यी कदमलाई अनिवार्य सच्याउनु पर्छ । यो बेलामा जनताले प्राप्त गरेको उपलब्धी र परिवर्तनलाई लोकतान्त्रिक ढंगले अगाडि लैजानुपर्ने अवस्था छ । अग्रगामी र प्रगतिशिल ढंगले उत्पीडितहरुको आवाज समेटेर अगाडि बढनुपर्ने अवस्था छ । यस्तो अवस्थामा, उपलब्धीलाई संस्थागत गरेर अगाडि बढाउने सोंच नहुनु र व्यक्तिवादी सोंच हाबी हुनुले गलत नतिजा दिन्छ । आफुँभन्दा बाहेक केहि पनि होइन् भन्ने जुन सोंच हाबी भएको छ अहिले त्यसको नतिजा देखिएको हो । यसमाथि पनि विभिन्न प्रकारका प्रतिगामी तत्वहरुको भूमिका देखिन्छ । जसले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता मान्दैनन्, जसले कम्युनिष्टहरुको दुई तिहाई सरकार हेर्न चाहँदैनन्, त्यस्ता तत्वहरुले पनि खेलेका होलान् । त्यस्ता तत्वको बलमा पनि यी कदमहरु चालिएका हुनसक्छन् । तर यसको नतिजाले भने त्यस्तै तत्वलाई मात्रै फाईदा पुग्छ । प्रधानमन्त्रीले अन्य नेताहरुले दिएको सल्लाह सुझावलाई नबुझेर आफुँलाई घेराबन्दीमा पार्न खोजियो भन्ने बुझ्दा पनि समस्या आएको होकि भन्ने लाग्छ । त्यसरी नै भएको भएपनि यो गलत भएको छ । रातारात जारी भएपनि त्यसलाई सच्याउने ठाउँ छ । फिर्ता लिन वा सच्याउन मिल्छ । सरकारले सच्याउने प्रक्रिया खोज्नै पर्छ । जुन सरकार फुटतर्फ जानेजस्तो, दलहरु निकै अस्थिरतातर्फ जानेजस्तो अवस्था देखिएको छ यसलाई सच्याउनै पर्छ । यति ठूलो संघर्षको बीचबाट जुन खालको कम्युनिष्ट एकता र जनमत पैदा भएको यसको संरक्षण अनिवार्य गर्नुपर्छ । जनताका अपेक्षामाथि कसैले पनि लाती हान्ने काम गर्नुहुन्छ । (पुन नेकपाका नेता हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies