काठमाडाैं । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा तयार पारिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार(भोलि) बाट मानिसमा परीक्षण हुनेको भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले भोलिबाट खोप मानिसमा परीक्षण सुरु हुने बताएका हुन् ।
अक्सफोर्ड विश्वविद्यालयमा बनेको खोप सफल हुने सम्भावना ८० प्रतिशतभन्दा बढी रहेको वैज्ञानिकहरूले आशा गरेका छन् । स्वास्थ्यमन्त्री म्याट ह्यानककले खोप विकासका लागि दुई करोड पाउन्ड पैसा दिने घोषणासमेत गरेका छन् ।
अक्सफोर्डपछि लन्डनको इम्पेरियल कलेज पनि खोप विकासमा लागिपरेको छ । खोप परीक्षणको पूर्णनतिजा नआउँदै खोप उत्पादनसमेत सुरु गरिने उद्देश्यका कारण सेप्टेम्बरसम्ममा लाखौँ डोज खोप बनिसक्ने भएको छ ।
सामाजिक दूरी र खोप मात्रै कोरोना भाइरसबाट बच्ने अस्त्रका रूपमा रहेका छन् । ‘कोरोना भाइरसलाई जित्ने मुख्य अस्त्र भनेकै खोप हो, हामी आफ्नो सबै बल लगाएर खोप विकासमा जुटेका छौँ, आशा छ यो सफल हुनेछ,’ स्वास्थ्यमन्त्री ह्यानककले भने ।
ह्यानककले आफूहरूले ठूलो मात्रामा खोप उत्पादनका लागि समेत अनुसन्धान थालेको र यो परीक्षण सफल भएमा सबैभन्दा पहिला र छिटो बेलायती जनताका लागि खोप उपलब्ध गर्नेसमेत भनेका छन् ।
यसअघि चीनको सैन्य मेडिकल विद्यालय र अमेरिकी फर्मास्युटिकल कम्पनीले मानिसमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण थालेका छन् । विज्ञहरूले खोप विकास र सर्वसाधारणको पहुँचमा पुग्न कम्तीमा १२ देखि १८ महिना लाग्ने बताउँदै आएका छन् । यद्यपि त्यो समयभन्दा छिटो खोप तयार पार्ने दौडमा कैयौँ बायोमेडिकल कम्पनी लागिपरेका छन् । एजेन्सीबाट
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: