Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

कुलत छुटाउने नयाँ जुक्ति, कुलतमा फसेकालाई १४ दिन क्वारेन्टाइनमा

झापा । झापाको मेचीनगरमा लागुऔषधका प्रयोगकर्तालाई क्वारेन्टाइनमा राखेर स्थानीय सरकारले कुलतबाट छुटाउने नयाँ जुक्ति लगाएको छ । क्वारेन्टाइनमा कम्तीमा १४ दिन बसेपछि उनीहरुको बानी सुध्रियोस् भनेर यो उपाय शुरु गरिएको हो ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीलाई कडा बनाउँदै लगेपछि लागुऔषधको खोरक नपाएर छटपटाएका अधिकांश प्रयोगकर्ता बन्दाबन्दी उल्लङ्घन गर्दै सडकमा निस्केर उत्पात मच्चाउन थालेको स्थानीयवासीले गुनासो गर्दै आएका थिए ।

बन्दाबन्दीले लागुऔषध व्यापारको जालो भत्किएपछि कुलतमा लागेका कतिपय य्ुवा रातिको समयमा समेत सुरक्षाकर्मीको आँखा छलेर सीमा क्षेत्रबाट भारततिर पस्ने गरेको घटनामा बढोत्तरी भएको थियो । अब स्थानीय राजनीतिक दलहरुसँगको सहमतिमा नगरपालिकाले गरेको निर्णयअनुसार कुलतमा लागेका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न थालिसकेको छ ।

बन्दाबन्दीको अवज्ञा गर्दै पूर्वी नाकाबाट भारततिर जाने र स्थानीयवासीलाई त्रसित बनाउँदै जथाभावी हिँड्ने लागुऔषध प्रयोगकर्तालाई मेचीनगर नगरपालिकाको पहलमा प्रहरीले क्वारेन्टाइनमा राख्न थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालाले बताउनुभयो । क्वारेन्टाइनमा राखिएका त्यस्ता व्यक्तिलाई लागुऔषधको कुलतबाट छुटकारा दिलाउन उपचारको विधिसमेत प्रयोग गरिने उहाँले जानकारी दिए ।

मेचीनगर–८ स्थित इँटाभट्टामा रहेको आदर्श माध्यमिक विद्यालयलाई विशेष क्वारेन्टाइन बनाइ उनीहरुलाई बुधबारदेखि उपचार गर्न थालिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताए । उनका अनुसार नगर क्षेत्रका १५० लागुऔषध प्रयोगकर्तालाई विशेष क्वारेन्टाइनमा राख्ने योजना छ । बुधबार नै काँकडभिट्टा आसपासबाट सीमा काटेर भारततिर लागुऔषध लिन जाँदै गर्दा पक्राउ परेका छ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

लागुऔषधको अभावमा भौतारिँदै हिँड्नेहरुबाट बन्दाबन्दी उल्लङ्घन मात्र नभएर सामाजिक अपराधका घटना बढ्नसक्ने आँकलन गर्दै शान्ति सुरक्षाका लागि समेत उनीहरुलाई क्वारेन्टाइनमा राखेर सुधार्न जरुरी भएको झापाका प्रहरी प्रमुख कोइरालाको भनाइ छ ।

नगरपालिका र प्रहरीको यो पहललाई स्थानीय राजनीतिक दल र सामाजिक क्षेत्रका अगुवाहरुले सक्रिय सहयोग पु¥याउने भएका छन् । नगरको कुनै पनि बजार र गाउँबाट लागुऔषधका प्रयोगकर्ताले बन्दाबन्दी उल्लङ्घन गरेको खबर प्राप्त हुनासाथ प्रहरीले स्थानीय जनप्रतिनिधिसँग मिलेर उनीहरुको खोजतलास गरी क्वारेन्टाइनमा ल्याउने व्यवस्था मिलाएको छ ।

क्वारेन्टाइनमा राखिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले सुरक्षाको विशेष व्यवस्था गरेको छ । क्वारेन्टाइनमा कडा अनुशासनमा राख्नुपर्ने र त्यहाँबाट भाग्ने प्रयास हुने सम्भावनालाई ध्यानमा राखी प्रहरीले विशेष सुरक्षाको प्रबन्ध मिलाएको छ ।

क्वारेन्टाइनमा कडा सुरक्षाका साथ राखिएका उनीहरुको औषधि उपचारदेखि सम्पूर्ण आर्थिक व्यवस्थापनको भार नगरपालिकाले व्यहोर्ने उपप्रमुख उप्रेतीले बताए । उनीहरुलाई सुधारगृहकै विधि प्रयोग गरी कुलतबाट छुटकारा दिलाउनुपर्ने भएको हुँदा मनोपरामर्शका लागि नगर क्षेत्रकै सुधार केन्द्रका विज्ञहरुलाई पालो मिलाएर क्वारेन्टाइनमा परामर्शका लागि बोलाइएको जिल्लाका प्रहरी प्रमुख कोइरालाले जानकारी दिए ।

उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र सुधार भएकालाई अभिभावकको जिम्मा लगाएर घर पठाइने बताइएको छ । बन्दाबन्दी लम्बियो भने क्वारेन्टाइनमै राख्ने र नत्र त्यहाँ रहेकालाई वैधानिक सुधारगृहमा पठाइने मेचीनगरका उपप्रमुख उप्रेतीको भनाइ छ ।

यसअघि लागुऔषध सेवन गर्नका लागि बन्दाबन्दीको समयमा काठमाडौँबाट नक्कली चिकित्सकको भेषमा कार चढेर काँकडभिट्टा नाकामा आइपुग्दा पक्राउ परेका दुई युवा हाल मेचीनगरको क्वारेन्टाइनमै छन् भने लागुऔषधको खोजीमा निस्कँदा बन्दाबन्दी उल्लङ्घन गरेको आरोपमा नियन्त्रणमा लिइएका केही व्यक्ति क्वारेन्टाइनको झ्याल फोडेर भागेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE